Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बारे जानकारी

   
148   पटक पढिएको

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान बालुवाटार पुगी प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिनुभएको छ ।

सो क्रममा अध्यक्ष प्रचण्डले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिनुभयो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको थियो ।

उहाँले समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया