Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

जीवन खाने उसका आज भोलि शाउ सकिए

   
184   पटक पढिएको

 

# गजल#

जीवन खाने उसका आज भोलि शाउ सकिए!
हुदो हो रहर कसैको मार्ने मरेपछि दाउ सकिए!

कहिले आउला प्रदेश नजाने दिनहरु युवाका,
बाक्सामा जीवन आउदा आउदा गाउँ सकिए!

बाकि रहेन केही बेच्दा बेच्दै देशमा बैमानिले,
बैमानिको शत्तामा ईमान्दारिताका भाउ सकिए!

दुखै दुख्खमा बेतित थियो जिवन आमाको नि,
जीवन दुख्खैले भर्दा सुख राख्ने ठाउँ सकिए!

पोह‍ोर साल मात्र ग्रजाव लगाउदा पाखो बचेको,
ज्योतिसले भन्थ्यो रे तेरो धुम्र केतु र राहु सकिए!

उ सिंगो हुदा सम्म तिम्रो मनमा चोट परिरहन्थ्यो,
आफै उ काटिए पछि त बल्ल तिम्रा घाउ सकिए!

मुकुन्द राज रोका

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया