Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

तुईन्छ कि गर्ब अधेरिको धर्तिमै मेघ गर्जिन थाले

   
175   पटक पढिएको

 

# गजल#

तुईन्छ कि गर्ब अधेरिको धर्तिमै मेघ गर्जिन थाले!
डुवाउन धर्ति मान्छेका रगतकै धारा दर्किन थाले!

फोका पानिमा के फुटेर आज अणु प्रमाणु फुटे,
अनिष्ट हुन्छ र होकि ? बासैका चरि तर्सिन थाले!

भन्ने गरेको आधुनिक साम्राज्य पनि हिज आज त,
फेरि मान्छेले मान्छे चपाउने युग तिर फर्किन थाले!

पुग्नु थियो त्यो गन्तव्यमा नथाकि अबिरल हामि,
तर आज सहयात्रिहरु पनि भटाभट लर्किन थाले !

हिज अस्थि हेर कति घृणित लाग्थ्यो कुर दुनिया यहि,
पाउदा त त्यो चिज उनी नजिक नजिक सर्किन थाले!

मुकुन्द राज रोका

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया