Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

खु'कुरी प्रहारबाट ग'म्भीर घाईते हिरा डाँँङिको उपचारको क्रममा मृ'त्यु

   
760   पटक पढिएको

काठमाडौं। खुकुरी प्रहार बाट घाइते सल्यानको त्रीबेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाङीका छोराको उपचारको क्रममा मृ'त्यु भएको छ।

खुकुरी प्रहार बाट घाईते डाङीका छोरा २३ बर्षिय हिरा डाङीको काठमान्डौको ह्याम्स अस्पतालमा मृ'त्यु भएको कांग्रेस नेता दिपेन्द्र कुमार खत्रीले जानकारी दिएकाछन। डाङीलाई थप उपचारको लागि सोमबार दिउँसो ३ बजे नेपालगन्जबाट काठमान्डौ लगिएको थियो।

अस्पताल पुर्याए लगत्तै डाक्टरले डाङीलाई मृत घोषणा गरेको बताएको छ।डाँगीको खुट्टामा खुकुरी आक्रमणवाट गहिरो चोट लागेको हुँदा अत्यधिक रक्तस्रावका कारण ज्यान गएको बुझिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी २३ बर्षीय डाँगीमाथि तुलसीपुर ६ रजौरामा सोमवार विहान १ बजेतिर खुकुरी प्रहार भएको हो।

घाइते डाँगीको तुलसीपुरमा प्रारम्भीक उपचार पछि राति नै थप उपचारको लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको थियो। मृतक डाङी फूटवल खेलाडी तथा नेविसंघका नेता समेत हुन।

दाङीमाथी भएको खुकुरी प्रहार वारे अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने युवाहरुको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।तिखो खबर

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया