Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीकी चेली कल्पना श्रीपालको नयाँ गीति एल्बम "मैले माया गर्दिन होला त् " भर्खरै मात्र बजारमा सार्वजनिक (भिडियो सहित )

   
1336   पटक पढिएको

कमला थापा ,अर्घाखाँची ।
चैत्र ३, अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाकी चर्चित लोकदोहोरी गायिका कल्पना श्रीपालको नयाँ गीति एल्बम "मैले माया गर्दिन होला त् " भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ ।

जिल्लाको छत्रदेव गाउँपालिका बलकोट चिदिकामा जन्मेकी गायिका कल्पना श्रीपाल पछिल्लो समयमा लोकदोहोरि क्षेत्रमा दर्शक श्रोताहरु बाट चर्चा बटुल्न सफल भएकी छिन ।

गितमा पछिल्लो समयमा लोक संगीत क्षेत्रमा अत्यन्तै चर्चा कमाउन सफल गायक कुलेंद्र विश्वकर्मा र अर्घाखाँची जिल्लाकी चर्चित गायिका कल्पना श्रीपालको सुमधुर आवाज रहेको छ ।

एल्बममा " यो संसारमा सबै भन्दा तिम्रै माया धेरै, तेही हुनाले साथै रहन्छु महिले जति खेरै बगेको खोला त्, एकै नास हुन्न सानु बगेको खोला त्,,कहिले,कहिले रिशाए पनि महिले माया गर्दिन होला त् भने जस्ता प्रेम गर्ने जोडीलाई समर्पित मनछुने शब्दहरु रहेका छन ।

शिव हमालको ले शब्दमा रहेको जस गीतम संगीत संयोजन आशिष अविरलको रहेको छ भने छयांकन/ड्रोनमा राजेश घिमरे, सम्पादनमा बिष्णु शर्मा,र कोरियोग्राफर प्रकाश भट्टको रहेको छ । दृश्य निर्माण भने साइ भिजन प्रा.लिले गरेको छ।

"मैले माया गर्दिन होला त् "गीतमा चर्चित मोडल अन्जली अधिकारि र गायक कुलेंद्र विश्वकर्माको उत्कृष्ट अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो 

">

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया