Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अमेरिकन आइडलमा दिवेश पोखरेलले गाउँदा तीनैजना जजले उभिएर भने, ‘वान्स मोर’ (भिडियो सहित )

   
270   पटक पढिएको

एजेन्सी - अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली मूलका दिवेश पोखरेलले हलिउडमा दिएको प्रस्तुतीमा तीनैजना जज निकै प्रभावित भएका छन् ।

स्टेज नाम आर्थर गनबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ को दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डललाई चित्त बुझेन तसर्थ गीतलाई निरन्तरता दिन आग्रह गरे । सुरुमा केटी पेरीले उठेर ‘मोर...’ भनेर चिच्याइन् । त्यसपछि तीनैजना जज उठेर ‘मोर...’ भन्न थाले ।

दिवेशले निर्णायक मण्डलको चाहना अनुरुप फेरि आफ्नो प्रस्तुतीलाई निरन्तरता दिए । आफ्नो प्रस्तुती अघि दिवेश अभिवादन स्वरुप ‘नमस्ते’ भने । दर्शकदीर्घामा रहेकी उनकी दिदी रुपाले नमस्ते भनेर चिच्याउँदा तीनैजना निर्णायकले खुसी भएर उनलाई पुलुक्क हेरे ।

#action=share">#action=share

दिवेशले आफ्नो प्रस्तुती निरन्तरता दिँदा निर्णायक मण्डलमा रहेका तीनैजना उभिएर ताली बजाउँदै उनको तालमा ताल मिलाए । जज ल्यूक ब्रायनले त दिवेशसँगै गाए पनि । उनको प्रस्तुतीका बेला दर्शक पनि निकै उत्साहित देखिन्थे । प्रस्तुती पछि दिवेशले त्यसलाई निकै राम्रो अनुभव बताए ।

‘मैले आफूलाई निर्णायक मण्डल र दर्शकसँग पूर्ण रुपमा जोडिएको महसुस गरेँ । निर्णायकहरु उभिनु भएको थियो र मसँगै गाउँदै रमाइरहनुएको थियो । यो निकै अद्भूत क्षण हो । ’ratopati

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया