Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

लेबनानमा नरबहादुर मगरको मृ'त्यु

   
1126   पटक पढिएको

एजेन्सी - संयूक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत रहँदा लेबनानमा मृ,,त्यु भएका नरबहादुर मगरको अन्तिम वि,दा,ई गरिएको छ।

लेबनानस्थित संयूक्त राष्ट्रसंघीय अन्तरिम बलका प्रमुख मेजर जनरल स्टेफनो कोलको उपस्थितिमा राजधानी बैरुटको र्‍याफिक हारिरी इन्टरनेसनल एयरपोर्टमा मगरको अन्तिम वि,दा,ई गरिएको हो।सो अवसरमा स्व‍‍‍. मगरले गरेको योगदानको कदरस्वरुप कोलले ‘यूएन मेडल’बाट सम्मान गरे।उनले मृ,त,कको आत्माप्रति शान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना प्र,कट गरे।

मिसन युनिफिलमा खटिएका धादिङ मुलपानीका ३५ वर्षीय मगरको गत मंगलबार सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो।सवारी चालकका रुपमा कार्यरत उनी चार महिनाअघि मात्रै एक वर्षका लागि लेबनान गएका थिए।दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा अर्का नेपाली सैनिकले चलाएको ट्यांकर ब्याक गर्ने क्रममा नरबहादुरलाई ठ,क्क,र दिएको थियो।तस्वीरमा हेर्नुस् उनलाई विदाई गरिँदाका क्षण !!

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया