Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मैले निर्वाचन जितेर के गर्नु?

   
227   पटक पढिएको

 

आइतबार बिहानै भिक्षा माग्न आएको भिक्षु जस्तो लाग्छ
समानुपातिक शब्दको अर्थ बिर्सेर मैले निर्वाचन जितेर के गर्नु?
यो देशले कैहिले जितेन
ऐतिहासिकत ऐतिहासिक भन्दै चुनाब प्रचार गरेर के गर्नु
यो देशमा कैहिल्यै लोभ लाग्दो इतिहास रचिएन||

म झुटा आश्वासन लिएर घर घरमा भोट माग्न जादा
घरवाली साली लाई निर्वाचनमा प्रतिनिधि बनाउदा
मलाई आफु कस्तो लोभी जस्तो लाग्छ
मैले निर्वाचन जितेर के गर्नु ?हरेक पटक देश हर्दा
मलाई आफु कस्तो भिकारी जस्तो लाग्छ||

दुई अक्षर पढ्न दिनहुँ घन्टौ हिड्ने विदयार्थी लाई देख्छु
भूकम्पले घरका छानो उडाएका आफ्नै देशका सरदार्थी लाई देख्छु
उपचार नपाएर अकालमा मरेका मृतक शरीर लाई देख्छु
अनि म आफुलाई स्वयम आफुलाई देख्छु
मैले निर्वाचन जितेर के गर्नु ?खै यो देशले कहिल्यै जितेन||

आमा,बाबा,र आफन्तले वगाएको आसुको थोपा हरु मा
हवाई जहाज चढी खाडी गइ रहेका जनशक्ति देख्छु
मैले चुनाब जितेर के गर्नु ?
तिनै जनशक्तिले पठाएको रेमिटेन्सको पैसाले चुनाब जित्दा
म आफु भित्र देश भक्ति देख्छु ||

चुनाबै पिच्छे मेरो भाषण चर्का झन् चर्की हुदै गए
ब्वास्ता बद्लियो तर अवस्ता बदलिएन
राति सुतेको बेला तारा देखिने घर हरु अजै पनि छन्
यौटै कोठामा ५ जना सुत्ने सहरहरु अजैपनि छन् मैले चुनाब जितेर के गर्नु ?
चुनाब जितेको खुसीयालीमामासुभात,मासुचिउरा खुवाएर के गर्नु ||

खाली पेट घरहरु अझै पनि छन् मात्र महिनाको एकपटक भए पनि
मासुभात,मासुचिउरा खाने रहर हरु अझै पनि छन्
२००७ सालमा राणा विरुद्ध जित्दा मैले परिवर्तनको सपना देखाए
२०४६ सालमा पन्चाएत विरुद्ध जित्दा मैले फेरी परिवर्तनको सपना देखाए
२०६३ सालमा राजा विरुद्ध जित्दा मैले अझ धेरै परिवर्तनको सपना देखाए ||
एतिका वर्ष खोलामा धेरै पानि वगी सक्यो
खाडीमा सुन फलि सक्यो,दक्षिणमा दियो बलि सक्यो
उत्तरमा रेल चली सक्यो,मैले जितेर के गर्नु खै
हरेक पटक म जित्दा त्यो जित भित्र हार देख्छु
पटक,पटक मैले वनाएको नालायक सरकार हो

दुर्गा प्रसाद खनाल
कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवल

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया