Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश नेतृत्व द्वारा नेपाल भारत कञ्चनपुरको सीमा क्षेत्रमा निर्माणको स्थलगत अनुगमन

   
325   पटक पढिएको

  राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश नेतृत्वले मंगलबार नेपाल भारत कञ्चनपुरको सीमा क्षेत्रमा निर्माण भएका पिलरको स्थलगत अनुगमन गरेको छ ।

संयुक्त सीमा सर्वे टोलीले बेलडाँडी र बेलौरी क्षेत्रका स्थानीयको दर्तावाला जमिनमा पिलर गाडेपछि त्यस विवादित क्षेत्रमा नेताहरुले स्थलगत अनुगमन एव निरीक्षण गरेका हुन् । जनमोर्चा सुदूरपश्चिमका इन्चार्ज मनोज भट्ट, सहित कैलाली कञ्चनपुरका स्थानीय जनमोर्चाका नेता कार्यकर्ताहरुले स्थलगत अनुगमन गरेको जनमोर्चाका नेताहरुले जनाएका छन् ।

जनमोर्चा कञ्चनपुरका नेता समेत रहेका अखिल छैटौँका केन्द्रीय महासचिव महेशराज जोशीले विवादित क्षेत्रको स्थलगत अनुगमन गर्दै स्थानीय जनता पीडितसंग छलफल गरिएको बताए । ‘हामीले विवादित क्षेत्रको बस्तुगत अध्ययन अवलोकन गरेका छौँ, ‘जनमोर्चा कञ्चनपुरका युवा नेता जोशीले भने, ‘त्यहाँ सिङ्गो नेपाली र हाम्रो भूमि हड्न काम भएको छ ।’

अनुगमन गर्दै जनमोर्चा सुदूरपश्चिम प्रदेश इन्चार्ज मनोज भट्टले नयाँ सीमा पिलर बन्द गरिनुपर्ने र पुनरावलोकनमा जोडदिएका छन् । जनमोर्चाले नेपाली भूमीमा एकलौटी रुपमा राखिएका सीमा पिलर कार्यान्वयन नगर्नुपर्ने र ऐतिहासिक वैज्ञानिक तथ्यका अधारमा जोडदिएका छन् ।

नेपाली भूमि हडप्ने कुचेष्टा गरे त्यस बिरुद्ध संघर्षको चेतावनी समेत दिएका छन् । पाँच दशकदेखि उपभोग गर्दै आएको नेपालीको जमिनमा अहिले सीमा पिलर पर्ने र पर्न देखिएपछि स्थानीय समेत आन्दोलित भएको बुझिन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया