Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

परिक्षामा आफु संग रहेको चिट समातिएपछी विद्यालयको बदनाम भएको भन्दै युवतीले गरिन आ*त्मह'त्या

   
1142   पटक पढिएको

माधव बेल्वासे ,कपिलबस्तु ।
चैत्र ५ ,अर्घाखाँचीबुलेटिन - साथमा रहेको चिट समातिए पछी कपिलवस्तुमा १ मा युवतीले आत्म हत्या गरेकी छिन । शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आर्दश माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यानरत सिमा विकले आत्महत्या गरेकि हुन ।

चैत ३ गते पेशा तथा व्यवसायिक विषयको परिक्षा दिदै गरेकी उनि नगरबाट आएको अनुगमन टोलीले चिट वरामद गरेको थियो । पछाडीको वेच्नमा किताव फेला परे पछी किताव लिइ थप केही कारवाही नगरीएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताउनु भयो ।

शिवराज नगरपालिका वडा न १ उमरी बस्ने १८ वर्षिय सिमा आत्महत्या गर्नुको कारण आफुले गर्दा विद्यालयको बदनाम भएको उल्लेख भएको शुसाईड नोटमा उल्लेख गरीएको छ । आफु माफि माग्न लायक नभएको पत्रमा लेखिएको छ । मंगललवार सुरही सामुदायिक बनमा जामुनको रुखमा झुण्डिएको अवस्थामा स्थानियले फेला पारेका थिए ।विकले एक साथिलाई पत्र प्रध्यानाध्यापक लाई बुझाई माफि मागि दिन अपिल गरेकि छिन् ।

“मेरो सानो गल्तिले विद्यालयको बदनाम भएको छ, म यो समाजमा मुख देखाउन लाएक छैन, म मर्न चाहान्छु, मलाई माफि दिनुहोला” पत्रमा उल्लेख छ ।

 

चिट भेटेपछि शिक्षकले उनको प्रवेश पत्र र उत्तर पुस्तिका केहि समयका लागि खोसेका थिए । उनले २ पेजको नोटमा भावुक शव्दहरु लेखे आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेस खरेलले वताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया