Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

काेराेना काे कारण तिलाेत्तम-४ काे हाटबजार सुनसान

   
769   पटक पढिएको

बुटवल। चीनको बुहान प्रान्तबाट शुरुवात भई हाल विश्वका विभिन्न देशहरुमा द्रुत गतिमा फैलिरहेको नोभल कोरोना भाईरस (कोभिड-१९) ले हाल विश्वव्यापी रुपमा महामारीकै रुप लिईरहेको भन्दै न्यूनीकरण गर्न र नगरक्षेत्रमित्र फैलन नदिन भनी रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीलाई एक पटकमा एउटा शाखा बाट एक जनालाई मात्र सेवा दिने निर्णय गरेको प्रमुख प्रशाखकीय अधिकृत माधवप्रसाद शर्माद्वारा जारी गरिएको सुचनामा उल्लेख गरिएको छ।

यस्तै तिलोत्तमा नगरपालिका ४ सिमानगरमा हरेक हप्ताको बुधबार र शनिबार लाग्दै आएको हाटबजार नोभल कोरोना भाईरस (कोभिड-१९)का कारण बन्द भएको स्थानीय मिलन परियारले जानकारी दिनुभएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया