Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

जिन्दगिले जिन्दगिमा धेरै कुरा चाटेर जान्छ

   
391   पटक पढिएको

 

# गजल#

जिन्दगिले जिन्दगिमा धेरै कुरा चाटेर जान्छ!
आफैले आफै सम्मालन नसकि फाटेर जान्छ!

कसैले कस्को बनायो जिन्दगि आफ्नै छाडि?
आफै बनाउछ समय पुगे अाफै भाटेर जान्छ!

खुसि चिन्न नसकि भौतारि रहेका मात्र हुन धेरै,
सानो आखा लाग्दैन ठुलो खोज्दै मातेर जान्छ!

हिरा मोति भिरेर महंगो जिन्दगि हुन्छ र कहा ?
महंगो जति भएनि सस्तो मृत्युमै साटेर जान्छ!

बाटो त्यहि हो पुग्नु पर्ने मेरो पनि तिम्रो पनि,
तिमि हिडेको बाटो आखिर कता काटेर जान्छ?

मुकुन्द राज रोका

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया