Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

टल्किएको खाडी ! अनि नेपालको गाउँबस्तीमा टल्किएको जस्तापाता -शेखर भुसाल

   
266   पटक पढिएको

कतार-  विकशित एवम शृङ्गारीक यो दृश्यमा लाखौ नेपाली छोराहरुको पाखुराको तागत , सीप र पसिनाका एक एक थोपाहरु सिंचिएका छ्न।

आफ्नो विकाश र समृद्धिको निम्ति मानव स्रोतको रुपमा खाडिले नेपाली युवा शक्तीलाइ पहिलो रोजाइमा पारेको छ। र अहिले खाडिमा सबैभन्दा बढी नेपाली युवाहरुनै काम गरीरहेका छ्न । सन २०२६ को विश्वकप आयोजना गर्न अमेरीका एक्लैको क्षमता नहुदा तीन देशले आयोजना गर्ने तयारी गर्दै गर्दा सन २०२२ को विश्वकप भने कतारले एक्लै आयोजना गर्ने हिम्मत गर्यो ।

खाडिको त्यस्तो आत्मविश्वासको पछाडी एक मात्र कारण थियो त नेपाली युवाहरुको श्रम शक्ति र दृढता । नेपाली सपुतहरुकै आडमा आज खाडिको को कायापलट भएको छ , उसले विश्वकप आयोजनाको हिम्मत गरेको छ , विश्वका धेरै देशको सिमा सुरक्षित भएको छ , धेरै देशको सार्वभौमिकता रक्षा भएको छ।सुडान देखि कंगो सम्म , जम्बुदेखी जाकार्तसम्म नेपाली युवा शक्तीको अदम्य साहस सजिएको छ।

त्यसको सट्टा गाउमा खरका छाना फेरीएर जस्ता त टल्किएका छ्न , वुवा आमा छोराछोरीको शरीरमा झुत्रा लुगा फेरीएर नयाँ र रंगिन लुगाहरु टल्किएका छ्न , श्रिमतिको गलामा सुनको शिक्री टल्किएको छ , र छोराछोरी टलक्क टल्किने भवन भएका बोर्डिङहरुमा टल्किने टाइ लगाएर पढेका छ। तर विडम्बना आफ्नो परीवारमा यति धेरै परीबर्तन आउदा पनि त्यो युवाको मन भने टल्किन सकेको छैन किनकी आज उसको रगत र पसिनाले खाडि टल्काएर फर्किदा घरमा जस्ता त टल्कियो तर उसलाइ आफ्नो देश टल्काउन नपाउदाको पीडा छ।

आफ्नी श्रीमतिको गलामा सुनको शिक्री टल्किदै गर्दा त्यो गैरी खेलमा लटरम्म लाबे धान टल्काउन नपाउदाको पीडा छ, आफ्ना छोराछोरीले टलक्क टल्किने भवन भएको बोर्डिङमा पढदा त्यो डाडा मा रहेको कालिका प्राथमिक विद्यालय फिक्का भएको पीडा छ , आफ्नो घरमा चामलका रंगिन बोराहरु टल्किदा बतासिमा टल्किने मकैका घुगा राख्न नपाउदाको पीडा छ।

किनकी उसलाइ थाह छ कि उसको यो समृद्धि क्षणिक हो , त्यसैले त उसलाइ पाखुरा कमजोर भएर टाउकोमा फुलेको कपाल टल्किने बेलामा के गर्ने भन्ने पीडा छ। किनकी उ अहिले देश समृद्ध नभएको पिडामा छ। ग्लोबलाइजेशनमा श्रम सीप र प्रविधिको अन्तरदेशिय व्यापार हुनु स्वभाविक भएपनी जुन रुपमा नेपाली युवाहरु पलायन हुनुपरेको छ यो निकै पिडादायी र खतरापूर्ण छ।

यसले देशलाइ क्षणिक लाभ दिए पनि अन्त्वगत्वा त्यो अभिशाप बन्नेछ। त्यसकारण नेतृत्व यसमा गम्भीर बनोस। देशमा समृद्धिको रेल ल्याउनु भन्दा पहिले आँसु बगाउदै अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने वहादुर युवाहरुको भेल रोक्नुहोस। किनकि सबै कुरा एउटा स्वार्थ सम्म मात्र सिमित हुनेछ मुसिबत र स्वार्थ र शरिरको तागत सिद्दिसकेपछि तपाईंको पासपोर्ट को पृष्ठ मा अध्यागमन को होस् या श्रमको भिसा लगाउनु अगाडि हजुरको बुद्धि क्षमता भन्दा पनि शारीरिक क्षमता को जाँच हुनुको मुख्य उद्शय हाम्रो श्रमले आफ्नो देशको विकास गर्नु बाहेक अरू कुनै पनि आशा र अपेक्षा गर्नु हाम्रो नहि मुर्खता हो ।

कतिपय देशहरूले कोरोना भाइरस बाट आफ्नो देशमा प्रवासिको बसाइँ र उनिहरूको भिडले गर्ने प्रभावलाई मुल्यांकन गरेर कुनै पनि अवस्था या दोष लगाएर यो आपत्ति को समयमा उनिहरूको देश बाट निकाला गर्दिनु भनेको " चाहिदा को भाडो नचाहिदाको घाँडो " भने जस्तै हो।

शेखर भुसाल । हाल कतार

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया