Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

तीन महिनाको घरभाडा नलिने लामिछानेको घोषणा

   
594   पटक पढिएको

काठमाडौं। आज शनिबार बिहानैदेखि एउटा कुरा सामाजिक सञ्जालमा भाइरल छ।

काठमाडौँ कलंकी घरमा भएका हरिहर लामिछानेले आफ्नो घरमा भाडामा बस्नेहरुका लागि चैत्र १ देखि ३ महिना कुनै पनि भाडा नलिने घोषणा गरेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे। उनको स्टाटस केही समयमा नै भाइरल बन्यो।

उनले भने आफूले कुनै पनि किसिमको प्रचारबाजीको लागि नभई दुखको समयमा मानवीय सेवाको भावले यस्तो घोषणा गरेको बताएका छन्। ‘मैले आफ्नो कुनै पनि प्रचारबाजीका लागि यस्तो गरेको होइन, स्टाटस लेख्ने बित्तिकै साथीहरुले सेयर गरेर भाइरल बनाइदिनुभयो’ उनले भने, ‘त्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु कतव्य हो, त्यसैले मैले मेरो घरमा भाडामा बसिरहनुभएका व्यक्तिहरुलाई ३ महिनासम्म भाडा नलिने घोषणा गरेको हुँ।

’ कोरोना भाइरसका कारण अवस्था त्रासपूर्ण बनेपछि काठमाडौँ छोड्ने मानिसहरुको संख्या बढिरहेको छ। काठमाडौंमा रहनेहरुको पनि दैनिक जनजीवन कष्टकर हुने अड्कलबाजी गरिरहेका बेला लामिछानेले भने तीन महिनाको घरभाडा नलिने घोषणा गरेका हुन्।

व्यवसाय लगायत सबै उद्योग प्रतिष्ठानहरु बन्द भएको बेला घरभाडा तिर्न नसक्ने भन्दै घरभाडा घटाउन सरकारसँग मागसमेत गरिएको छ। तर, लामिछानेले तीन महिनाको घरभाडा नलिने घोषणा गरेर उच्च मानवीय सद्भाव देखाएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया