Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नक्कली लाईसेन्स प्रयोग गरी सवारी साधन चलाउने तीन जना पक्राउ

   
346   पटक पढिएको

काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय ट्राफिक प्रभाग थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नक्कली लाईसेन्स प्रयोग गरी सवारी साधन चलाउने ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका-२ नागढुंगा बस्ने मकवानपुर सिस्नेरी घर भएका चन्द्रागिरी यातायातको बा.५ ख ६६७२ नम्बरको बसका चालक २२ वर्षीय मनिष स्याङताङ, काठमाडौं टोखा नगरपालिका-१५ घर बताउने ना.६ ख ६१०० नम्बरको ट्रकका चालक २२ वर्षीय अविनास खड्का र काभ्रे चौरी देउराली गाउँपालिका-५ घर भएका २२ वर्षीय सुजन गौतम रहेका छन् । उ

नीहरुमध्ये मनिष स्याङताङलाई बुधबार तथा अविनास खड्का र सुजन गौतमलाई बिहीबार पक्राउ गरेको हो । उनीहरू उपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको लिखत सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया