Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीको जिल्ला परिषद् स्थगित

   
263   पटक पढिएको

टेकराज भुसाल बुटवल ।
चैत्र ९, अर्घाखाँचीबुलेटिन - बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीले आफ्नाे जिल्ला परिषद् स्थगित गरेको छ।

चैत ८ शनिवार बुटवलमा बसेको सचिवालय स्तरिय आकस्मिक बैठकले चैत २९ गते रक्तदान कार्यक्रम सहितको जिल्ला परिषद् गर्ने निर्णय अर्को सुचना नआउदा सम्मका लागि स्थगित गरिएको अध्यक्ष मोतिलाल सुवेदीद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा जनाएको छ।

साथै उक्त संगठनले बिश्व स्वास्थ्य संगठनको सार्वजनिक सुचना र नेपाल सरकारको निर्णय अनुसार सबैको ध्यानाकर्षण बनेको SEE र सम्पूर्ण बिश्व बिद्यालयका पुर्ब निर्धारित परिक्षाहरु स्थगित गरि यातायात, बजार, सभा, सम्मेलन जस्ता कार्यक्रम नगर्न र अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन निर्देशन गरेकोले सोहि अनुसार आइसोलेसन (एकान्त बाँस) मा सुरक्षित तरिकाले आफ्नै घरमा बस्नका लागि सम्पूर्ण शिक्षक, बिद्यार्थी, तथा आम जनमानसलाई अपिल गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया