Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भुमिकास्थान नगरपालिका २नं• वडा कार्यलयको सुचना

   
154   पटक पढिएको

हाल विश्वमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19)' को कारणले विश्व आक्रान्त भइरहेको अबस्थामा नेपाल सरकारको मिति २०७६।१२।०६ गते विहिबारको निर्णय भएबमोजिम यस भुमिकास्थान नगरपालिका २ नं. वार्ड कार्यालय ढाकावाड्ग अर्घाखाँची बाट पनि मिति २०७६।१२।०९ देखि २०७६।१२।२१ गते सम्मको लागी सम्पूर्ण आम जनतामा सेवा प्रवाह गर्न नसकिने भएको कारणले आम जन्तामा पर्न गएको असहजप्रति २ नं. वार्ड कार्यालय क्षमा प्रकट गर्दछ । कुनै व्यक्तिमा सिंगान वगिरहने, घाटि सुक्ने तथा दुखिरहने, पखला लागीरहने, वान्ता भइरहने, लगातार
टाउको दुखिरहने, लगातार ज्वरो आइरहने, स्वासफेर्न गाह्रो हुने जस्ता कोरोना भाइरस (coVID-19) का लक्षणहरु हुने भएको हुँदा र यो रोग सिँगानबाट, फोहोर हातबाट, नपाकेको माछा/मासु/तरकारीबाट़, भाइरस प्रभावित व्यक्तिसँगको प्रत्यक्ष सम्पर्कबाट सनर्न सकने हुनाले कोरोना भाइरस ( COVID-19) बाट बच्नको लागी सावुनपानिले राम्रोसँग हात धुने,
खानेकुरा राम्रोसंग पखालेर रास्रो संग पकाएर मात्र खाने, माक्सको प्रयोग गर्ने,हात मिलाउने तथा अकंमाल गर्नुको सट्टा नमस्कार गर्ने, भिडभाडमा नजाने,चरा/मुसा/विरालो/कुकुर जस्ता जनावरवाट टाढा रहने गर्नुपर्छ । कोरोना भाइरस (COVID-19) बाट बच्न र बचाउन गैरसरकारी निकाय,सघं संस्थालाई क्षेत्रभरका भेला/महोत्सव/महायज्ञ / मेला/भोज/ भतेर लगायतका अत्यधिक भिडभाड जम्मा हुने कामकार्य नगर्न/नगराउन सबैको लागी जनहितमा यो सार्वजनिक सुचना जारी गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया