Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

बहराइनमा तीन नेपालीलाई कोरोना संक्रमण

   
460   पटक पढिएको

काठमाडौं । बहराइनमा तीन नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ ।

शनिबार बेलुकी परीक्षणको क्रममा नेपाली तीन जना पुरुष व्यक्तिलाई कोरोना संक्रमणको पुष्टि भएको बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले अनलाइनखबरलाई जानकारी दिए । संक्रमित नेपालीलाई बहराइन सरकारले अस्पतालमा राखी उपचार गरेको र उनीहरुको परिचय गोप्य राखिएको पनि राजदुत सुन्दासले बताए । त्यस्तै, कोरोनाको संक्रमणको आशंकामा थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा बस्नेमा दुई पुरुष र एक महिला छन् । उनीहरु काम गर्ने घरमा इरानबाट आएका एक जनालाई कोरोना पोजेटिभ देखिएपछि त्यो घरको सम्पूर्णलाई एक हप्तादेखि क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा भएका नेपालीलाई भने भेटेर फर्कीएको राजदुत सुन्दासले बताए ।

बहराइन सरकारले छुट्टै तीन ठूलो अस्पताल बनाइ कोरोना संक्रमणको असैध्य राम्रो उपचार व्यवस्था गरेको राजदूत सुन्दासले बताए । बहराइनमा कोरोना संक्रमण देखिएको जुन देशको नागरिक भए पनि उनीहरुलाई सरकारले देशमै राखि उपचार गरिरहेको पनि उनले बताए ।

बहराइनमा रोजगारीका लागि करिब ३५ हजार नेपाली पुगेका छन् । बहराइनमा कुल ३१० जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरू मध्ये १२५ जनामा निको भइसकेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।अनलाइन खबर

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया