Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

क्वारेन्टाईनको लागि घर दिने सञ्चारकर्मी ऋषि धमलाको घोषणा

   
316   पटक पढिएको

सञ्चारकर्मी ऋषि धमलाले सरकारले आवश्यक ठाने आफ्नो घर क्वारेन्टाईनको लागि दिने घोषणा गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा भाडावाला सरोकार समाज नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा धमलाले यस्तो बताएका हुन् । उनले भाडावाला सरोकार समाज नेपालले चालेको कदम साहसिक भएको बताउँदै आफ्नो यसमा पूर्ण साथ र समर्थन रहेको पनि विश्वास दिलाए ।

‘हामी सम्पूर्ण नेपाली एकजुट भएर भाइरस नियन्त्रण तथा रोकथामको लागि लड्नुपर्छ । अहिलेको समय भनेको एकजुट भएर अघि बढ्ने समय हो । अहिलेसम्म नेपाल कोरोना मुक्त छ । यसप्रति म खुशी छु ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया