Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

जनगायक हेमराजको शशक्त आवाज र चार कक्षामा अध्यनरत वालिकाको उत्कृष्ट नृत्य रहेको सन्देशमुलक गित ‘बाबा म त पढ्दिन बोर्डिङ’ भिडियो सार्वजनिक

   
614   पटक पढिएको

 खुम रायमाझी । जनगायक एवं रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज आश्रमको सन्देशमूलक गीत ‘बाबा म त पढ्दिन बोर्डिङ, लगि दिनु स्कूल सरकारी’ बोलको गीत सार्वजनिक भएको छ ।

हेमराज आश्रमको शब्द तथा संगीत सिर्जना रहेको गीतलाई नौ वर्षीय बालक सफल परियारले स्वर दिएका छन् । गीतको म्युजिक भिडियोमा गायक आश्रमसहित साहित्यकार एवं कलाकार संगीता थापा र बालिका पिन्जु महराको अभिनय छ । काठमाडौंको पानीपोखरीस्थित भानु माविमा कक्षा ४ मा अध्ययनरत बालिका पिन्जुले लोभलाग्दो अभिनय गरेकी छन् ।

पिन्जु पूर्व सभामुख कृष्णबहादुर महराकी नातिनी तथा जनवादी गायीका प्रगति महराकी छोरी हुन् । मधुर बस्नेत र विजय लामाले छायांकन गर्नुभएको म्युजिक भिडियोको सम्पादन नविन निरौलाले गर्नुभएको छ भने निर्देशन आश्रमकै रहेको छ ।

आश्रम म्युजिक प्रालिले प्रस्तुत गरेको भिडियोमा पुतलीसडकमा रहेको पद्मोदय माविसहित काठमाडौं आसपासको दृष्य देखाइएको छ । गीतले मौलाउँदो शैक्षिक व्यापारिकरणको विरोध गरेको छ भने सरकारी विद्यालयप्रति समूदायको आकर्षण बढाउने प्रयास गरेको छ ।

हेर्नुहोस भिडियो 

">

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया