Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कोरोना (कोभिड-१९) भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृ*त्यु

   
240   पटक पढिएको

कोरोना (कोभिड-१९) भाइरसको संक्रमणबाट बिरामी परेका ५१ वर्षीया रमेशको उपचारको क्रममा अमेरिकामा मंगलबार बिहान नि'धन भएको खबर परिवारले पाएको छ ।

रमेशसँग कुरा गर्दा अमेरिका विकसित मुलुक भएको र सबै रोगको उपचार हुने भएकाले आफ्नो बारेमा चिन्ता नगर्न छोराले भनेको राजनका बुबा राजनन्दले स्मरण गरे। ‘छोरो अमेरिका गएको हिजोजस्तो लाछ। बिरामी भएपछि अमेरिकामा छु, उपचार हुन्छ भन्थ्यो’, राजनन्दले भने, ‘छोरो अमेरिका गएपछि दुःखका दिन गए भनेर त्यतिखेर खुसीका आँसु झरेको थिएँ। तर आज दुःखको खबर सुन्दा विश्वास गर्नै सकेको छैन।

’ बुहारीले तपाईंको छोरालाई मैले माया मारे भनेर फोन गर्दा आफूलाई विश्वासै नलागेको उनले बताए। छोरो बिरामी छ भन्ने सुनेको तर, उपचार लाग्छ भन्नेमा ढुक्क रहेपनि छोडेर गएको खबर सुन्नुपरेको उनले बताए। ‘दुई नाती छन्, उनीहरु पनि बिरामी छन् भन्ने सुनेको छु,’ राजनन्दले भने ‘ज्वरो आउने, बान्ता हुने र खाना अमन हुने गरेको खबर सुनाएका छन्।’ छोरा र नातीको स्वास्थ्यमा सुधार होस भनेर घरमा पुजा गर्दा पनि अशुभ खबर सुन्नु परेको उनले सुनाए। आइन्द्र बिक्रिम सम्बाहम्फे राष्ट्रियसभा सदस्य भएको बेला छोरालाई अमेरिका पठाएको उनले स्मरण गरे।

परिवारसहित अमेरिकामा बस्दै आएका रमेशका दुई छोरा, एक छोरी र श्रीमती छन्। रमेशका दुई छोरालाई पनि कोरोनाको संक्रमण भएको बताइएको छ। राजनन्दका तीन भाइ छोरामध्ये रमेश कान्छा हुन्। रमेशका जेठा दाजु रानीगाउँमै छन् भने माहिला दाजु बेलायती सेनामा छन्।

रमेशका बुवा राजनन्द घरमा एक्लै बस्दै आएका छन्। रमेशकी आमा माहिला दाइको घरमा कठमाडौंमा बस्दै आएकी छन्। कोरोना संक्रमण भएर १० दिनअघि अस्पताल भर्ना भएका रमेशको मंगलबार मृत्यु भएको हो। रमेशले अमेरिकामा रहेर होटल तथा ट्याक्सी व्यवसाय सञ्चालन गर्दै आएका थिए। श्रोत - अन्नपूर्ण पोष्ट 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया