Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भुमिकास्थान नगरपालिका १र २ वार्डद्वारा नि:शुल्क मास्क बितरण

   
248   पटक पढिएको

 टेकराज भुसाल भुमिकास्थान। नोभेल कोरोना भाइरस (Covid-19) का कारण विश्वमा हजारौंको संख्यामा मृत्यु भईसकेको अवस्थामा त्यसको संक्रमण फैलिने क्रम जारी रहेको र नेपाल समेत उच्च जोखिममा रहेको भन्ने विश्व स्वास्थ्य संगठन बाट समेत सचेत गराईएको र नेपाल सरकारबाट पनि रोकथामको लागि कडाईका साथ विभिन्न निर्णय भई आएकोले सो माहामारीको संक्रमणबाट आफु बचौं अरुलाई पनि बचाऔं भन्ने मुल उदेश्यले अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड नं• १ र २ काे संयुक्त प्रयासमा सो वडाहरुका सम्पूर्ण घरपरिवारका सदस्यहरुलाई नि:शुल्क मास्क बितरण गरिएको छ।

वडा नम्बर १ र २ को प्रस्तावमा १नं• वडाका अध्यक्ष श्री भोजराज खनाल, २नं• वडाका अध्यक्ष श्री बुद्धि बहादुर थापा एंव स्थानिय जनप्रतिनिधि, प्रहरी प्रशासन, स्वास्थ्य कार्यलयका कर्मचारी, प्रहरी प्रशासनको विशेष सक्रियतामा चैत १२ गते त्यस क्षेत्रका स्थानियलाई मास्क बितरण सँगसँगै कोरोना भाइरसबाट बच्न अाम नागरिकलाई सचेत बनाइएको छ।

वार्ड नं• १ र २ काे कार्यलयले स्थानिय स्तरमै मास्क उत्पादन गर्न सीप युक्त जनशक्तिलाई लगाई मास्क उत्पादन गरि निशुल्क रुपमा मास्क बितरण गरेको स्थानिय रामप्रसाद खनालले जानकारी दिनुभएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया