Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सानै उमेरमा ब्यबसायमा चम्कदै आकास भुसाल (तस्विर सहित )

   
2016   पटक पढिएको

सुर्य भुसाल ,सन्धिखर्क।
चैत्र १२ ,अर्घाखाँचीबुलेटिन - सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ निबासि आकास भुसाल सानै उमेरमा ब्यबसाय मा उदाएका छन । सानै उमेरमा ब्यबसायमा उदाएका आकास ले अहिले एम बि ए आई टि मास्टर्स अध्यान गर्दै ब्यबसायमा उदाएका युवा हुन ।

बिदेसका धेरै ठाउको भ्रमण गरेका आकास भुसाल कन्ट्रकसन प्रालिका सन्चालक हुन ।निकै मिहिनेती मिलनसार सभाबका भुसाल अर्घाखाँची मा स्थापित लङका यातायात प्रालिका उपाध्यक्ष हुन आकासले केहि समय दुबैमा ब्यबसाय समेत सन्चालन गरि छोडेर आफ्नो ठेक्का पट्टाको ब्यबसायलाई अगाडि बढाएका छन ।

बुवा पदम बहादुर भुसाल पहिला जागिरे हुन भने अहिले निर्माण ब्यबसाहि हुन वुवाले गरेको पेसालाई निरन्तरता दिनका लागि आफु अर्घाखाँची आएर ठेक्का पट्टा गर्न लागेको आकास भुसाल को भनाई छ । अर्घाखाँची जिल्लामा भुसाल कनट्रकसनले धेरै काम को जिम्मेवारी लिएर काम सम्पन्न गरि रहेको छ ठुला ठुला बिल्डिङ निर्माण देखि बाटो घाटो बिजुलि पिच का कामहरु भुसाल कनट्रकसले गर्दै आएको छ ।

अर्घाखाँची गुल्मी पाल्पा प्युठान कपिलवस्तु लगाएतका जिल्लामा भुसाल कन्ट्रकसनले काम गर्दै आएको आकासले बताउछन ।काठमाडौ बाट दर्ता गरिएको सो भुसाल कन्ट्रकसन प्रालि( क ) वर्ग मा बर्गिकृत हुने तैयारी मा छ प्रालि मा । आफैले प्राबिधिक अध्यान गरेका आकासले सामाजिक काम गर्न आफु इच्छुक भएको बताउछन ।

आकासले अर्घाखाँची मा रहेको निर्मल नबज्योति स्वस्थ मनस्थिति बिधालयलाई आर्थिक भौतिक नैतिक सहयोग गर्दै आएका छन । आकास अब निरन्तर ठेक्का पट्टा ब्यबसायलाई निरन्तरता दिने सोचमा छन ।

ब्यबसायबाट हाल नियमित रुपमा ५० जना भन्दा बढि मजदुरहरु लाई रोजगारी दिईरहेको आकास को भनाई छ ।

हेर्नुस भुसाल कन्ट्रकसनले गरिरहेका कामका तस्बिरहरु 

 

 

 

 

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया