Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीका बिभिन्न क्षेत्रमा समिति बनाइ शंकास्पद ब्याक्तीहरु पहिचाहन गरि थप उपचारगर्न पठाइने :प्रजअ विजयरज पौडेल

   
216   पटक पढिएको

सुर्य भुसाल ,सन्धिखर्क।
चैत्र १२ ,अर्घाखाँचीबुलेटिन -   प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेललकाे अध्यक्षतामा बसेकाे बैठकले स्थानिय जनप्रतिनिधि संयोजक रहेकाे विभिन्न क्षेत्रका ब्यक्ती सदस्य रहने गरि समिति बनाई शंकास्पद ब्याक्तीहरु पहिचाहन गरि थप उपचार गर्न पठाउने निर्णय गरेकाे छ ।

जिल्लाका६ वटै स्थानिय तहमा तेस्राे मुलकबाट नेपालिहरू आएकाे जनप्रतिनिधिहरू बताएका छन् । सनपा बाहेक अन्य स्थानिय निकायले क्वारेन्टटाईम निर्माण गर्ने तयारीमा रहेकाे जनाईएकाे छ । नेपाली सेना,नेपाल प्रहरी,शस्सत्र प्रहरी गाउँ देखि शहर सम्म परिचालन गरिएकाे सुरक्षा निकायका प्रमुखहरूले बताएका छन् ।

बैठकमा माननीय चेतनारायण आचार्य,सनपा प्रमुख कमल प्रसाद भुसाल,सितगगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारी,भुमिकास्थान प्रमुख रेसम थापा,पाणिनि गाउपालिका अध्यक्ष अच्युत गाैतम,छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ प्राेखरेल,मालारानि गाउँपालिका अध्यक्ष बालकृष्ण अार्चाय,रामवाण गणका मेजर सुमन थापा,प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट,शस्शत्र प्रहरी नायव उपरिक्षक माधव रेग्मी,अनुसन्धान प्रमख विनय चतुवेदी,पत्रकार लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया