Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सुनसान अर्घाखाँची, तयारी अवस्थामा स्वास्थकर्मी, सुरक्षाका सवै अङ्ग परिचालित

   
358   पटक पढिएको

अशोक खनाल ,सन्धिखर्क ।
चैत्र १३ ,अर्घाखाँचीबुलेटिन - कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि अर्घाखाँची जिल्ला पूर्ण रुपमा सुनसान बनेको छ ।

आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि मानिस घरबाट बाहिर निस्केका छैनन् । ‘लकडाउन’ मा अत्यावश्कीय केही पसलबाहेक अरु सबै बन्द छन् भने सुरक्षाका सवै अङ्ग परिचालित छन् । स्वास्थकर्मी तयारी अबस्थामा खटिरहेका छन् ।

                                                                                                        तस्वीर : अशोक खनाल

प्रदेश न. ५ का प्रदेश सभा सदस्य चेतनारायण आचार्यले यो संक्रमणको बेला सबैलाई धैर्य रहन आह्वान गर्दै सबै पालिकाहरुमा आइसोलेसन कक्ष र क्यारेन्टाइन गृह बनेको जानकारी दिए । जिल्ला जनस्वास्थ्य प्रमुख पुस्पा थापा र अर्घाखाँची अस्पतालका प्रमुख कपिल गौतमले सबै कक्षको निरीक्षक समेत गरिसकेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया