Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

ब्यबसाय लाई फस्टाउदै निर्माण व्यवसायी लेख बहादुर कार्कि

   
1710   पटक पढिएको

सुर्य भुसाल-  गुल्मी जिल्ला रेसुङगा नगरपालिका निबासी लेक बहादुर कार्की तोकिएको समयमा समझौता अनुसार को गुणस्तरीय काम गर्ने निर्माण ब्यबसायीको सुचिमा पर्छन गुल्मी जिल्लामा रहेर लामो समय निर्माण ब्यबसाहिको रुपमा कार्यरत कार्कि निर्माण ब्यबसाय सगै सामाजिक सघ सस्थाहरुमा निकै क्रियासिल छन ।

कार्कि ले सयौं युवाहरुलाई आफ्नो फर्म मार्फत रोजगारी दिईरहेका छन ।हाल कार्कि सग झन्डै १ सय जना युवाहरुले रोजगारी पाईरहेका छन । नेपाल बिधुत प्राधिकरण ले प्रदेस नम्बर ५ मा निकालेको टेन्डरमा सबैभन्दा बढि प्रतिस्पर्धा गरेर गुणस्तरीय काम गर्ने लाईन बिस्तार गर्ने तथा लाईन मर्मत गर्ने कार्की निकै अनुभवी निर्माण ब्यबसायीको रुपमा गुल्मी मा चर्चित छन सरल सामाजिक काम गर्न रुचाउने कार्किले धेरैलाई गुल्मी मा अार्थिक भौतिक सहयोग गर्दै अाएका छन ।

गुल्मि पाल्पा रुपन्देही कपिलवस्तु अर्घाखाँचीमा काम गरि रहेका कार्कीले बिधुतको काम अधिकाम्स ठाउँको काम उनले समयमा सम्पन्न गरेको उनले काम गरेका ठाउँका स्थानिय जनताले बताउछन । कार्की कपिलवस्तु हुँदै शितगंगा ठाडा सम्मको लाईन पनि निकै मिहिनेतका साथ काम सम्पन्न गरेका छन ठाडा सितापुर सुपादेउरालि जुकेना सम्म उनले गरेको बिधुतिय काम सबै ले सिक्नु पर्ने उदारणिय काम छ ।

नेपाल बिधुत प्राधिकरण साबिकका लुम्बिनी अन्चल भर कार्कीले ठेक्का लिने र समयमा काम सम्पन्न गर्ने गुणस्तरीय काम गर्ने गरेका कारण उपभोक्ता समिति बाट हुने काममा समेत कार्की को खोजि हुन्छ तर जनसक्ति कम हुदा कार्किले काम गर्न भ्याई नभ्याई भएको बताउछन कार्की ठेक्का पट्टासँगै सामाजिक काममा पनि ब्यस्त छन । गाउँका पिडित असाहयहरुलाई उनेले खुलेर सहयोग गर्ने कारणले स्थानियले उनलाई जतिबेला पनि सम्झने गर्छन ।

कार्कीले आफुले समाजिक रुपमा सेवा गर्न पाउदा अत्यान्तै खुसि लाग्ने गरेको बताउछन । कार्कीले यो बर्ष पनि करोडौंको बिधुतिय काम सम्पन्न गरेका छन । उनलाई काम गराउन स्थानिय उपभोक्तहरुले पनि आग्रह गर्ने गर्छन ।बिश्वब्यापी रुपमा फैलिएको कोरोना रोग बाट बच्नका लागि सबै ले सरकारलाई सहयोग गर्न र सरसफाइ मा ध्यान दिन घरभित्र बस्न सबै लाई कार्किले आग्रह गरेका छन

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया