Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

बुटवलको बेलवास र नयाँगाउमा हात धुने धारा जडान

   
874   पटक पढिएको

टेकराज भुसाल,भुमिकास्थान ।
चैत्र १३ , अर्घाखाँचीबुलेटिन - अहिले नोभेल कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा हजारौंको संख्यामा मृत्यु भईसकेको अवस्था छ । त्यसको संक्रमण फैलिने क्रम जारी रहेको र नेपाल समेत उच्च जोखिममा रहेको भन्ने विश्व स्वास्थ्य संगठन बाट समेत सचेत गराईएको छ ।

नेपाल सरकारबाट पनि रोकथामको लागि कडाईका साथ विभिन्न निर्णय भई आएकोले सो माहामारीको संक्रमणबाट आफु बचौं अरुलाई पनि बचाऔं भन्ने मुल उदेश्यले लायन्स क्लब अफ बुटवल बेलबास सिटि र नयाँगाउँ खानेपानी संस्थाको संयुक्त आयोजनामा बुटवल १३ बेलबास चोक, बुटवल १२ नयाँगाउँ र कलुवा चोकमा हात धुने धारा जडान गरिएको छ।

लायन्स क्लब अफ बेल्वास सिटिका अध्यक्ष लक्ष्मण कुमार खड्का, प्रथम उपाध्यक्ष गोबिन्द खनाल, दृत्तिय उपाध्यक्ष डि•बि खत्री,नयाँगाउ खानेपानी संस्थाका अध्यक्ष रमा के सि, उपाध्यक्ष मिना के•सि लाइन्स क्लबका डाइरेक्टर तथा सामाजिक व्यक्तित्व पुरुषाेत्तम बस्याल, मेम्बरसिप डाइरेक्टर खिमानन्द पौडेल लगायतको विशेष उपस्थितिमा हात धुने धारा जडान गरेको लायन्स क्लब अफ बुटवल बेलबास सिटिका प्रथम उपाध्यक्ष गोबिन्द खनालले जानकारी दिनुभएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया