Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण पुष्टि

   
247   पटक पढिएको

बार्सिलोना । स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् । संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको छ ।

स्रोतका अनुसार चारै जना संक्रमितहरु पुरुष हुन् । तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको बताइन् ।

अनलाइनखबरसँग कुरा गर्दै राजदूत शेर्पाले भनिन्, ‘बार्सिलोनामा बस्दै आएका केही नेपालीहरुलाई कोभिड–१९ संक्रमण भेटिएको सूचना आएको छ । तर संक्रमितहरुको सम्पूर्ण डिटेल दूतावासबाट खोज्ने प्रयास भइरहेको छ ।’ उनले संक्रमित ब्यक्तिहरु र परिबारलाई दूतावासको सम्पर्कमा आउन अनुरोध समेत गरिन् । उपाचार लगायत भइपरी आउने प्रक्रियामा दूतावासबाट पूर्ण सहयोग रहने राजदूत शेर्पाले बताइन् ।

तर संक्रमित र उनका परिवारले घटनालाई बाहिर नल्याउन नेपाली समुदायका अगुवाहरुलाई अनुरोध गरेका छन् । स्रोतका अनुसार पहिलो संक्रमितको एक हप्ता पहिले नै पोजेटिभ देखिएको थियो । अन्य तीन जनाको भने हालै रिपोर्ट आएको हो । तर यो घटना अझै पनि नेपाली समुदायमा गुपचुप नै छ ।

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्रप्रसाद शर्माले परिवारहरुको अनुरोधमा नै घटना सार्बजनिक नभएको बताए । ‘भनौं भने पनि किन भनिस् भन्ने वा नभनौं भने पनि किन बाहिर आएन भन्ने अवस्था सृजना भएको छ । तर संक्रमित ब्यक्तिहरु जोजोसँग सम्पर्क वा नजिक भएका थिए ती साथीभाइहरुलाई खबर गरेर अस्पतालमा जाँच गर्न सुझाव दिएका छौं,’ उनले भने ।अनलाइन खबर बाट साभार

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया