Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कोरोनाको सम्भावित संक्रमितको नमुना लिन गएको विमान नेपालगन्जमा दुर्घटना

   
900   पटक पढिएको

नेपालगन्ज,चैत १५। काठमाडौंबाट बिरामीहरुको संकलित स्वाबको नमुना लिन नेपालगञ्ज गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा क्रयासल्यान्ड भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ ।

विभिन्न अस्पतालबाट जम्मा गरिएका बिरामीको स्वाबको नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि ल्याउन स्वास्थ्य मन्त्रलायले यो विमान चार्टर गरेको थियो।

नेपालगञ्ज विमानस्थलका अनुसार विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य सबै सुरक्षित छन्। जहाज अवतरण हुनेबेला धावनमार्गबाट बाहिर जालीनेर पुगेको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया