Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसको कारण मृ*त्यु

   
421   पटक पढिएको

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट स्पेनमा एक राजकीय सदस्यको ज्यान गएको छ ।

स्पेनकी राजकुमारी ८६ बर्षिया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो । टेरेसा स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य हुन् ।

युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् । युवराज्ञीका कुनै सन्तान छैनन् । उनी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन् । यसअघि बेलायती राजकुमार चाल्र्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

स्पेनमा कोरोना भाइरसको कारण अहिलेसम्म मृत्यु हुने मानिसको संख्या ५ हजार ८१२ पुगिसकेको छ । स्पेनमा समग्र संक्रमितको संख्या ७२ हजार नाघेको छ । एजेन्सीको सहयोगमा

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया