Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

ब्रान्डेड भन्दै गरेको चिज कतै पुरानो त भएन?

   
341   पटक पढिएको

 

# कविता#

ब्रान्डेड भन्दै गरेको चिज कतै पुरानो त भएन?
उता ब्ल्याक होलले पनि कुनै पुराना चिज सएन!
सहने सामर्थयले बिद्रोह त मच्चाएन ती षोसणले!
भित्र भत्रै साम्राज्य थला परेको त छैन कुपोषणले!(१)

मान्छे र मेसिनमा अात्मा नभए खासै हुदैन अन्तर!
केही मान्छे अझै धर्म पुराणले छिट्दै छन् मन्तर!
अाउन ख‍ोज्दै होकि यो संग्रामबाट नौल युग कसैको!
कि त लोप हुँदै छन् र जगतमा प्राणि सबैको!(२)

कति बिडम्वना नत मन्त्र चल्यो न यो तन्त्र चल्यो!
सिंगो विश्व नै भित्र भित्र अाज किन यसरि ढल्यो!
हिजो दोहन कति भयो हिसाब गरौन प्रकृति माथि!
हिजोको बर्गिय दुश्मन अाज कसरी हुन सक्छ साथि!(३)

धैरेले दोस लगाई भन्दा हुन खराब थियो मेरो राशि!
अझै सोच चलाउने गर्छन् समाजले ती पुराना बासि!
पर्यावरण सिध्याई बिकास सम्बृधि नतिजा क भो!
हेर त यो माहामारिले अझै कति ज्यान लाने भो! (४)

मुकुन्द राज रोका

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया