Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गुल्मीमा बेवारिसे शव भेटियो

   
469   पटक पढिएको

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका-४ भगलाममा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

भगलामस्थित छल्दीपनाहादेखि ईन्द्रेगैंडा जाने सडक खण्डको ५० मिटर मुनि बगरमा अन्दाजी ५५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए ।

सोमबार बिहान नाम थर नखुलेको अवस्थामा फेला परेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया