Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

आजको मौसम पूर्वानुमान : मेघ गर्जन र हावाहुरीसहित वर्षा

   
466   पटक पढिएको

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

पूर्वानुमान जारी गर्दै महाशाखाले आजबाट देशमा पश्चिमी वायुको प्रभाव रहने जनाएको छ । महाशाखाले हाल हाल देशको पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।

यसैगरी, महाशाखाले मंगलबार दिउँसो देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली साथै मध्य र पूर्वका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने पूर्वानुमान गरेको छ ।

पूर्वानुमानका अनुसार देशको पश्चिमी भू–भागमा सामान्य बदली , मध्य र पुर्वका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुनेछ । यता, पश्चिमी भू–भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । भने हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया