Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

‘लकडाउन’ प्रभावकारी बनाउन खटिएका प्रहरीमाथि च'क्कु प्रहार

   
717   पटक पढिएको

                                                                                                         फाइल तस्विर 

भक्तपुर । सूर्यविनायक चोकमा डिउटीमा रहेका प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ ।

मंगलबार बिहान गुलेली र चक्कु बोकेर आएका सुदिप क्षेत्रीले सुर्यबिनायक चोकमा आतंक मच्चाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि चक्कु हानेका थिए ।

चक्कु प्रहारबाट महानगरीय प्रहरी वृत जगातीमा कार्यरत प्रहरी हवल्दार केशरसिह रावतको गालामा चोट लागेको वृतका डिएसपी चक्रराज जोशीले जानकारी दिएका छन् ।

क्षेत्रीको मानसिक अवस्था खराब जस्तो देखिएको र गुलेली र चक्कु सहित हाल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी जोशीले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया