Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मेयर साहबलाई खुल्ला पत्र

   
629   पटक पढिएको

 (नियमित स्तम्भ भाग-8)

 मेयरसाहबलाई खुल्ला पत्र
बिन बहादुर रेग्मी

यतिबेला नेपाल कोरोना टु स्टेपमा छ।हामिले सतर्कता अपनाऊन सक्यौ भने धनजनको सुरक्षा गर्न सक्छौ अझै समय छ हामीले सतर्कता अपनाऊनै पर्छ।यहि सुझाव सहित मैले आजको स्तम्भ मा नगरपालिका मेयरसाहबलाई खुल्ला पत्र लेख्ने सोच बनाएको छु, जसरि पनि ऊहाको कानसम्म पुर्याईदिनुहोला ल....

आदरणिय मेयरसाहब, जयनेपाल लालसलाम नमस्ते अभिवादन!

यतिबेला सन्चो विसन्चो सोध्ने फुर्सत छैन, पुरै देश लकडाऊन मा छ, सबैतिर ठप्पै छ, यस्तो विषम परिस्थिति मा मिठा र चिफ्ला कुरा गरेर मलाई तपाईको प्यारो बन्नु छैन। कुरा घुमाएर चपाएर निचोरेर बोल्न पनि जान्दैन। त्यसैले म सिधै बिषयमा कुरो कोट्याऊछु।

यतिबेला तपाईको जिम्मेवारी के हो बिर्सिनुभयो भने हाम्रो गाऊ समाजले ठूलो मूल्य चुकाऊनु पर्नेछ, तपाईले भोट र सपोर्टको लागि हेलच्याक्राई किन गर्नुभाछ? कोरोनामा राजनिती गर्न तपाईलाई लाज सरम छैन?बाहिरबाट गएका लफंगाहरू कात्तिके कुकुर झै गाऊभरि डुलिराछन, तिनीहरूलाई १४ दिन क्वारेन्टाईम मा नराखेर कस्तो खालको जिम्मेवारी वहन गर्दैहुनुहुन्छ? यो लापरवाही ले तपाईलाई पनि छोडने छैन, कोरोना कुन पार्टिको सोधेर आऊदैन। त्यसैले समाजमा भद्दा मजाक बनेर नाटक नगर्नुस।

यो खेलवाड गर्ने समय होईन, ति कात्तिके कुकुर झै गाऊमा रगरगी हिडेका लफंगाहरू जो बाहिरबाट आएका छन तिनीहरूलाई तुरून्तै समातेर क्वारेन्टाईनमा कोच्नुस, यो पत्रलाई कोरोनाको धम्की ठान्नुस या सुझाव तुरून्तै कार्यन्वयन मा जानुस अन्यथा समाज देशमा हुने सम्भावित हाहाकार नोक्सानी को जिम्मेदार तपाई हुनुहुनेछ, म धेरै बोल्दैन हजुरलाई थाहै छ, अहिलेलाई कलम बन्द!
धन्यवाद!

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया