Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

प्रिय चिम्म गर्न सकिएन माफ गर- Arghakhanchi bulletin

   
327   पटक पढिएको

 

गजल#

प्रिय चिम्म गर्न सकिएन माफ गर,

एकचोटि किटानसक् यी दुष्ठ मनुवामा पनि छिट्नु पर्ने देखियो!
यी जौविक जिवाणु भन्दा खतरनाख बनि अरुमा सर्ने देखियो!

अहंकारि कति बन्न सकेको हो त मनुवा यस्तो बिपत्तिमा पनि?
तेरो अहंकारि कारणले निर्द‍ोष प्राणि जगत नै मर्ने देखियो!

यस्ता माहामारि त्यसै कहाँ अाउछन् र प्रजिवि कारण नबनि?
ति प्रजिवि रहे सम्म किर्ना बनी प्राणिकै खुनमा चर्ने देखियो!

जनताका एक गाँस अन्न खाना नपाएरै प्राण गैराछ यहाँ ,
यी जनताका लास बेचि बेचि अाफ्ना मात्र पेट भर्ने देखियो!

एउटा युद्ध त अाई लाछ यहि बेला फेरि अर्को थपि लाग्दा,
मुक्तिका लागि मान्छेले मान्छेका बिरुद्ध युद्ध गर्ने देखियो!

मुकुन्द राज रोका

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया