Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

आफ्नै भाइले चिर्पट प्रहार गर्दा दाजुको मृत्यु

   
467   पटक पढिएको

दाङ। दाङमा आफ्नै भाइले चिर्पट प्रहार गर्दा दाजुको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका-१ रसरीखोला बस्ने ३२ वर्षीय प्रेमबहादुर कामी रहेका छन् । २

७ वर्षीय भाइ जसराम कामीले मादक पदार्थ सेवन गरी प्रेममाथि बुधबार राति चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका प्रेमको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाजुलाई चिर्पट प्रहार गरेपछि जसराम भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया