Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कोरोनाबाट प्रभावित नागरिकलाई निजी तथा सरकारी संघसस्थाले आफूखुसी राहत बाड्न नपाउने

   
295   पटक पढिएको

काठमाडौं । कोरोनाबाट प्रभावित नागरिकलाई निजी तथा सरकारी संघसस्थाले आफूखुसी राहत बाड्न नपाउने भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरी राहत वितरणमा एकद्वार प्रणाली अवलम्बन गर्न निर्देशन दिएको हो । कारोनाको सम्भावित संक्रमणका कारण प्रतिकूल अवस्थामा सरकारले लकडाउन घोषणा गरेका छन् ।

यसबेला दैनिक ज्यालादारी गरेर खानुपर्ने समुदाय समस्यामा परेको छ । खासगरी असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, विपन्न तथा असहायहरूलाई दैनिक जीवनयापत गर्न स्थानीय तहबाट राहत उपलब्ध गराउने काम सुरु भएको छ । यस अवस्थामा विभिन्न व्यक्ति, संघसंस्था, सरकारी तथा गैसरकारी निकायबाट उपलब्ध गराउने राहत स्थानीय तहमा जम्मा गर्ने र एकद्वार प्रणालीबाट मात्र वितरणको व्यवस्था मिलाउन मन्त्रालयले स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

स्थानीय तहले वितरण भएको राहतको दैनिकविवरण समेत मन्त्रालयमा पठाउनु पर्ने भएको छ । त्यसो त, सरकारले कोरोना नियन्त्रण तथा उपचार कोषलाई समेत एकद्वार बनाउने निर्णय गरिसकेको छ । अब कोरोना नियन्त्रण तथा उपचारका नाममा अर्को कोष बनाउन पाइने छैन ।

सरकारले बनाएको कोषमै सबै रकम जम्मा गर्नुपर्ने निर्णय सरकारले गरेको छ । उठिसकेको पैसा पनि सोही कोषमा ल्याउनुर्ने प्रावधान रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया