Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

रिडी देखि प्युठान सम्मको पहिलो पसल भवन ओझेलमा

   
1058   पटक पढिएको

केशब खड़का ,चैत्र २२।मध्य राणा कालिन समय मा बिक्रम सम्बत १९४५ सालमा स्व पुण लाल कक्षपती र उन कि श्रीमति स्व नन्द कुमारि कक्षपती गुल्मि को रिडी बजार हुदै ब्यापार को सिलसिला मा वाङला को पौवा मा केहि समय ब्यापार गरि तेहाका स्थानिय सङ जग्गा खरिद गरि कलात्मक काठ शैलि मा करिब पाच तला को भवन निर्माण गरि भारत को झनडी, गोरखपुर , नौतुना , सुनौलि देखि भरिया, घोड़ा, खच्चड देखि ढुवानी गरेर अर्घा खाचि र प्युठान साथै रोल्पा र गुल्मि को केहि भाग का जनता हरु लाइ दैनिक उपभोग्य का समान हरु बिक्री बितरण गर्ने उदेस्य ले यस भवन को स्थापना गरियको थियो  यस भवनमा एक घर देखि अर्को घरमा जोड् ने अति कलात्मक, आकर्सक ,काठै काठ को पुल बनायको छ ।

जुन अति आकर्षक छ ! साथै यस भवन को बरिपरि सयौ थरिका सुगन्धित फुल हरु को साथै बिभिन्न फलफुल का रुख्हरु ले अझै सुन्दरता झल्काउने गर्दछ । उनका पुर्खा हरु राजा रण बहादुर शाह्को पालामा भक्तपुर देखि तानसेन बसाइँ सराइ गरेका हुन भन्छ्न उनका परिवार का सद्स्य हरु बताउछ ।

तानसेन रिडी हुदै उनिहरुको परिवार यस स्थान पुरानो वाङला को पसल हाल परिबर्तित सन्धिखर्क -१ पटुवाथुम पसल मा आयर ब्यापार साथै सामाजिक कार्य मा अग्रसर भय। प्युठान, अर्घाखाचि, गुल्मि , पाल्पा को साथै रोल्पा का आम मानिस हरुले यस स्थान को नाम पसल र उनिहरुको परिवार लाइ पसले को परिवार नहि नामाङ्कन गरिदिय ! यस कक्षपती परिवार ले ब्यापार को साथै धेरै सामाजिक कार्य गरे मध्य राणा कालिन समय मा यस क्षेत्र का जनताका छोराछोरी हरु लाइ निशुल्क अध्ययन गराउनुको साथै कृसि पशुपालन , फलफुल आदि मा यस क्षेत्र का जनता लाइ प्रोत्साहन गर्ने कार्य गरे ।

उनको ब्यापारिक भबन पसल देखि डिभना को झेडी सम्म खालि रहेको बाँटो को दाया बाया फल मुलक आप को रुख हरु रोपे जुन मोटर बाटो को कारन ले अतिक्रमन भय पनि केहि मात्र मा अझै छ्न ! मथुरा कक्षपती ले जनज्योति बिधालय खोल्न सहयोग गरे साथै राजकुमार कक्षपती ले जनज्योति स्कुल मा निशुल्क एक बर्स पढ़ाए ।

२०१६ सालमा यस परिवार ले पटुवाथुम मा पार्बति आधारभूत बिधालय को स्थापना मा सहयोग गरे साथै पाल्पामा रहेका आफ्ना आफन्त अ्म्बर प्रसाद श्रेष्ठ लाइ लियर शिक्षण गर्न लगाय । यस क्षेत्र मा शिक्षा को उज्जालो ज्योति फैलावट गराय । मथुरा प्रसाद कक्षपती समाजसेबि , शिक्षा प्रेमि तथा सफल ब्याबसायि भनेर चिनिन्छ्न ।

राजकुमार कक्षपती बिभिन्न जिल्ला मा प्रमुख जिल्ला अधिकारी मन्त्रालय को सचिब हुदै पन्चायति समय मा बागमति अन्चल को सहायक अन्चलाधिस सम्म भयका थिय । हाल मथुरा प्रासाद कक्षपती चितवन को भरत पुर र राजकुमार कक्षपती बानेस्वर मा बसोबास गर्छ्न ! उनका कान्छा भाइ महत्व कुमार कक्षपती उनका हजुरबा ,बुबा अनि दाजु हरु को ब्यापार तथा समाजसेवा लाइ निरन्तरता दिदै यस पसल को भवन मा २०६० सम्म बसोबास गरे साथै २०४२ साल मा पथरकोट देखि सन्धिखर्क मा पहिलो पटक बस लियर सन्चालन गरे ।

चरम द्व्न्द को कारण ले ब्यापार मा कमि आयर महत्व कुमार कक्षपती ले यस भवन मा ब्यापार बन्द गरे। उनि बुटवल मा गयर ब्याबसाय शुरु गरे । उक्त भवन यस कक्षपती परिवार ले आफ्नो स्वामित्व देखि बिक्री गरे ! यस एतिहासिक भवन कक्षपती परिवार ले बिक्री गरेको प्रति यस भेगका जनता हरु अल्लि दुख ब्यक्त गर्छ्न ।

यस सम्बन्धि प्रस्न गर्दा यस परिवार मा पछिल्लो समय सम्म ब्यापार गरेका महत्व कुमार कक्षपती ले भने - " हामिले यस भवन छोड़ेर जादा सम्रछन नहुदा झन कमजोर ,अल्पत्र भयर लोप हुने देखेर हाम्रो अन्य जग्गा जमिन हामि सङ राखि घर मात्र बिक्री गरेको क्रेता ले स्यार सुसार गर्ने मानव रहित भवन भत्किने हुदा बिक्री गरेको बताउछ्न अझै पनि यस भवन दिगो राख्न केहि कमिकम्जोरि हुन नदिने दृढता ब्यक्त गर्छ्न ।

" महत्व कुमार कक्षपती ले आफु ले अझै यस भेग मा पहिला भन्दा अझै समाजसेबा गर्न चाहेको इच्छा ब्यक्त गर्छ्न र साथै बेलाबेलामा यस जन्म स्थल मा आवतजावत गर्ने गरेको बताउछ्न । उक्त भवन अगाडी रहेको बाटो प्युठान र अर्घाखाचि को सम्पुरण भाग का जनता हरु साथै गुल्मि र रोल्पाको केहि भागका जनता हरु बुटवल , पाल्पा , भारत पैदल जाने मार्ग हो पुर्ब पस्चिम राजमार्ग को निर्माण नहुदै ।

यसरि पैदल मार्ग देखि हिडेर जाने रोल्पा ,प्युठान, अर्घाखाचि ,गुल्मिका पैदल यात्री हरुको लागि पाल्पा को कुरुङ खोला चनडी भन्जाङ को उकालो मा उनकि बजै नन्दकुमारि कक्षपती ले प्यास मेत्ताउन चिसो गौमुखे पानीको धारा को साथै शित्तलताको लागि चौपारि आफ्नो निजि लगानिमा निर्माण गर्नु भयो ।

हाल यस मार्ग लाइ पोखरा - सुर्खेत मार्ग वा निर्माण धिन मदन भन्दरि मार्ग बनाउन प्रस्ताव गरेका छ्न हाल यस भवन अगाडी को सड़क पक्कि पनि भयको छ । यसरि लामो एतिहासिक गौरव मय इतिहास बोकेको यस भवन लाइ राज्य , वडा , स्थानिय समाजसेबि , कक्षपती परिवार , सन्धिखर्क न पा ले अझै ब्याबस्थित गरि गरिमा लाइ दियो राख्नु पर्ने देखिन्छ् !

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया