Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कोरोना भाइरस कोभिड- १९ : बिराज घिमिरे

   
600   पटक पढिएको

बिराज घिमिरे ,चैत्र २३। पुर्णतया अहिलेको अधिकांश मानिसहरुमा देखिने समस्याहरुमा नकारात्मकताले पनि त्यतिकै रुप लिन्छ।

जिबनमा आउने हरेक चुनौती होस या अवसर अथवा सानो कुरा नै छ भनेपनी त्यसलाई हामिले कसरी हेर्छौँ त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। हरेक कुराको राम्रो र नराम्रो दुवै पक्ष हुन्छ। हामिले राम्रो कुराहरुलाई हेर्ने बानी राख्यौँ भने नराम्रो कुरा आफै हराएर जान्छ।

अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस, हामीमध्ये सबैजसोले यसलाई नकारात्मक रुपमै लिएका छौँ। अवश्य पनि मानिसहरु निकै त्रसित हुनु, ज्यान जोखिममा हुनु, रोगको कारण स्वास्थमा धेरै खर्च हुनु राम्रो पक्ष होइन।

यसलाई विश्वभरका मानवले त्यस्तै विश्व स्वास्थ संगठनले एउटा संकटको घडी भनेर घोषणा गरिरहेको छ। तर प्रकृतिको आँखाबाट यसलाई गहिरिएर हेर्यौँ भने कोरोना भाइरस एउटा ठूलो सन्देश बनेर भित्रिएको छ। मानिस सर्वश्रेष्ठ प्राणी भनेर सारा पृथ्वी आफ्नो मात्रै हो र हामिले जे गरेपनी हुन्छ भन्दै अरु बोल्न नसक्ने जिवहरुप्रती हक जमाउने र जे पनि खाइदिने, जस्तो जिवलाई पनि मारेर काँचै खानेजस्तो हिंसाजनक गतिविधिहरु गर्दै चलिरहयो। यसमा एउटा ठूलो शिक्षा दिएको छ कि यो पृथ्वी हाम्रो मात्रै होइन भनेर। हाम्रो प्राचीन नेपाली सभ्यता वैधिक सभ्यतामा जुन मानिस मर्यो भने जलाउनु पर्छ भन्ने थियो आज सारा विश्वले यहि सभ्यतालाई मानेको छ।

चिनले घोषणा गरिसक्यो मरेको मानिस जमिनमा गाड्ने होइन जलाउनु पर्छ भनेर। संसारको सबैभन्दा ठूलो कुरा पैसा हो र म धनी बनेर स्वास्थ किन्न सक्छु, चिकित्सक एवं औषधि किन्न सक्छु भन्नेहरुलाई कोरोनाले मीठो जवाफ दिएको छ। धनी र गरिव भन्दा पनि प्रकृति संग, आफू भित्रको अध्यात्म संग, सरसफाइ संग जो बाँचिरहेको छ त्यो मानिस स्वस्थ र दिर्घायु रहन सक्छ भनेर कोरोनाले सन्देश दिएको छ।

हात नधुने र आफ्नै हात त हो नि भनी त्यत्तिकै खाने, फोहोर गर्नेहरुलाई त झनै राम्रो पाठ सिकाएको छ। हाम्रो वैधिक सनातन सभ्यतामा अरुको जुठो खानु हुँदैन, जुठो खाँदा भाइरस ब्याक्टेरिया हरु जान्छ भनियो र हामिले पानी सम्म अलक्क खान्छौँ। कतिपय देशहरुमा एउटै खानालाई एउटै कचौराले बाँड्ने गर्छन। त्यस्तै फिजी भन्ने देशमा नगुना अथवा कावा पिउँछन एउटै भाँडोमा एकै ठाउँमा बसेर।

विश्वभर यस्ता थुप्रै उदाहरण हरु छन। तर अहिले अर्को ब्यक्तिसंगको दुरि कायम गर्नुपर्छ, अरुले प्रयोग गरेका कुराहरु प्रयोगमा ल्याउनु हुँदैन र एक अर्काको जुठो खानु हुँदैन भनेर हाम्रो पुर्वजहरुले सिकाएको महान दर्शन विद्या थियो त्यसलाई विश्वले अवलम्बन गर्न बाध्य भएको छ।

विश्वका शक्तिशाली देशहरुले गरिव देशहरु भनेपछी हेप्थे। ठुला ठुला मिसाइलहरु बनाइरहेका थिए, त्यसैमा ठूलो शक्ति खनाएका थिए। तर अब कलियुगको हतियार भनेको मिसाइलहरु मात्रै नभएर आत्मप्रतिरोधात्मक योग शक्ति, दिब्य शक्ति नै सबैभन्दा ठूलो हतियार हो भनेर सारा विश्वलाई सिकाएको छ। अहिले अरु देशहरुले जस्तै नेपालले पनि नाकाबन्दी र लकडाउन गरिरहेको छ यसको एउटा ठुलै फाइदा छ।

भारत र चिनमा परनिर्भर हुँदा बिकिसकेका हामी अब आफ्नै स्वदेशी उत्पादनमा रमाउने र यहीँ उधानका कुरालाई आविष्कार गर्ने समय मिलेको छ। जब मानिस संकटमा पर्छ तब उसले समस्या ब्युँउताउँछ तसर्थ समस्या नै आविष्कारको जननी हो भनिन्छ। त्यस्तै सहरमा अरुको भरमा रमाइरहेको गाउँको मानिस अहिले आफ्नै गाउँमा फर्किएको छ, खाली रहेका गाउँका बारिहरु जोतिइरहेका छन।

यो नेपाली समुदायको लागि निकै लाभान्वित कुरा हो। त्यस्तै मानिसहरु योग, ध्यान भन्ने बित्तिकै अवज्ञा गर्छन। पाश्चात्य देशहरुमा योगलाई बङ्ग्याएर अर्कै नाम दिइरहेका थिए। अहिले प्रमाणित भएको छ कि: रोग प्रतिरोधात्मक शक्ति बढाउने भनेकै योग, प्रणयाम र ध्यानले मात्रै हो। हामी एकैछिन अरुबाट टाढा रहेर ध्यानमा बस्यौँ भने हाम्रो शरीर भित्र उर्जाहरु पलाइरहेको हुन्छन।

मानिसले खाने खाना बाट १० प्रतिशत उर्जा आउँछ भने ९० प्रतिशत भन्दा बढी उर्जा बाहिरि दुनियाँ बाट आउँछ। रोग प्रतिरोधात्मक क्षमता योगीहरुले, साधु सन्त हरुले, स्वस्थ जीवन जिउनेहरुले, राम्रो गृहस्थीहरुले प्राप्त गर्छन भन्ने कुरा प्रमाणित भएको छ र आज सबैलाई योग र ध्यान गर्नुपर्ने रहेछ भनेर बोलाएको छ।

भोलिका दिनमा कोरोना बाट बचेपनी अरु रोगहरुबाट पनि बच्न सक्ने बनाइदिएको छ। र सबैभन्दा ठूलो कुरा त मान्छे भन्दा शक्तिशाली अरु पनि छ है पृथ्वीमा भनेर सिकाएको छ। अन्तत: अरुको गल्तिको कारण हामी मर्न पनि सक्छौँ तर हाम्रो गल्तिको कारण अरुलाई मर्न दिने छैनौँ। सबैभन्दा राम्रो कुरा कोरोन भाइरसले यो सिकाएको छ।।।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया