Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पौडेल परिवारद्वारा वृद्वाश्रमका लागि खाधान्न सहयोग

   
342   पटक पढिएको

श्यामलाल पोखरेल,बुटवल ।बुटवल उपमाहानगर पालिका वडा नम्बर २ मा सञ्चालित वृद्वाश्रमका लागि बुटवल ११ नहपुर निवासी पौडेल परिवारले सहयोग प्रदान गरेको छ ।

वृद्वाश्रममा रहेका वृद्ववृद्वालाई लकडाउनको अवधीभर आवश्यक पर्ने सबै दैनिक उपभोग्य वस्तु सहयोग गर्ने पौडेल परिवारले प्रतिवद्वता जनाएको छ । बुटवलको तल्लो फुलवारीमा रहेको भवानी शिवकुमारी सैंजु वृद्वाश्रम पाकापुस्तामा रहेका नौ जना वृद्ववृद्वालाई पौडेल परिवारले आइतबार दाल, चाम, तरकारी, नुन, तेल लगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराएको हो ।

लकडाउनको समयमा वृद्ववृद्वालाई पुजा ज्ञवाली पौडेलले दैनिक उपभोग्य वस्तुसंगै लकडाउनको समयमा आवश्यक पर्ने मास्क, सेनिटाइजर लगायतका समानहरु सहयोग गर्नुभयो । वृद्वाश्राममा आश्रित वृद्ववृद्वाहरुलाई रिचार्जकार्ड, सावुनसमेत पौडेल परिवारले उपलब्ध गराएको छ ।

आश्रममा आश्रय लिएका वृद्ववृद्वा सबैका आमा बुबा भएकाले दिन दुखीलाई सहयोग गर्नु नै सबै भन्दा ठूलो धर्म सम्झेर वृद्ववृद्वालाई सहयोग गरिएको पुजा ज्ञवाली पौडेलले बताउनु भयो । आवश्यक अनुसार कपडाहरु पनि सहयोग गर्ने र दैनिक उपभोग्यवस्तुको कहिल्यै अभाव हुन नदिने समाजसेवी तथा व्यवसायी पुजा पौडेल ज्ञवालीले आश्रम सञ्चालकहरुसंग प्रतिवद्वता जनाउनु भएको छ ।

यस अघिपनि पौडेल परिवारले वृद्वाश्रमलाई पटक पटक दैनिक उपभोग्य वस्तु उपलब्ध गराएर सहयोग गर्दै आएको थियो । त्यस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर ६ रहेको रामचन्द्र मैनादेवी अनाथ आश्रमलाई पनि सहयोग गर्ने पौडेल परिवारले बताएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया