Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

डोटीमा गो'ली हानी श्रीमतीको ह'त्या: श्रीमान् पक्राउ

   
468   पटक पढिएको

डोटी । डोटीको जोरायल गाउँपालिका-४ देउथलामा एक युवतीको गोली हानी हत्या भएको छ । आइतबार बेलुकी करिब पाँच बजेतिर २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको इलाका प्रहरी कार्यालय जोरायलका इन्चार्ज प्रहरी नायव निरीक्षक महेन्द्र थापाले जानकारी दिए ।

मृतकको अनिताको छातीमा गोली लागेको छ । घटनामा भरुवा बन्दुकको प्रयोग भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले युवतीका श्रीमान् खड्क वनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। घटना हुँदा मृतक अनिता र श्रीमान् खडक मात्रै घरमा भएको प्रहरीले बताएको छ ।

घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्र पट्टीको कोठामा घटना भएको र सोही कोठाको कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको इन्चार्ज थापाले बताए । खड्कले भने आफूले गोली नहानेको बयान दिएको इन्चार्ज थापाले बताए । उनले आफू घरको तल्लो तलामा रहेको बेला एक्कासी बन्दुक पड्किएको आवाज आएको र त्यसपछि माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको बयान दिएका छन् ।

घटनाको समयमा खडककी आमा विपिनगर खडककी फुपुको घर गएको, बुबा गाउँकै माथिपट्टी रहेको पसलमा गएको र भाइ बल खेल्न गएको बताइएको छ । घरमा दुईजना मात्रै भएको समयमा घटना भएकोले श्रीमानले हत्या गरेको हुन प्रहरीको आशंका छ ।

घरमा राखिएको भरुवा बन्दुकसमेत अवैध रहेको प्रहरीको भनाइ छ । यता जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख, एसपी दिलीपसिंह देउवाले पनि घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएका छन्। घटना कसरी भयो, कसले गर्‍यो भन्ने विषयमा तत्काल भन्न नसकिने उनले बताए।

डडेलधुराको भागेश्वर गाउँपालिका-५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खड्क‍को प्रेम सम्बन्धपछि गत फागुन २९ गते विवाह भएको थियो ।अनलाइन खबरबाट साभार

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया