Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गाउँपालिकाले दिन थाल्यो अति बिपन्नलाई राहत

   
287   पटक पढिएको

प्युठान । जिल्लाको सरुमारानी गाउँपालिकाले अति विपन्न परिवारलाई राहत वितरण गर्न सुरु गरेको छ । गाउसरकारले गाउपालिकाको ६ वटै वडा भित्रका दैनिक ज्यालादारी मजदुर र अति बिपन्न परिवारलाई राहत बितरण गर्न थालेको हो।

सोमबार सरुमारानी गाउपालिका वडा नंवर ४ भित्रका १५ जना अति विपन्न परिवारका लागि आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य सामग्री वितरण गरिएको छ । वडाध्यक्ष चिन्त बहादुर सोमैले प्रति परिवार २५ केजी चामल, २ केजी दाल,२ लिटर तेल, २ पोका नुन र ४ वटा साबुन वितरण गरेको बताए ।

उनले वडाभित्रका अन्य दश परिवारलाई मंगलबार खाधान्न सहितका सामाग्री बितरण गरिने जानकारी समेत दिए। गाउपालिकाले लकडाउनको अवधिमा ज्यालादारी मजदुर र अति बिपन्न परिवारलाई आफ्नो दैनिकी चलाउनै मुस्किल भएकाले राहत प्याकेज ल्याएको जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया