Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

प्यूठान, गुल्मी र अर्घाखाँचीको सिमानामा प्रहरीकै अगाडी जनप्रतिनिधीले कु'टे यू'वा

   
1734   पटक पढिएको

प्युठान - प्यूठान, गुल्मी र अर्घाखाँचीको सिमाना सौतामारेमा सामान्य विषयमा भनाभन हुँदा गुल्मीका एक जनप्रतिनिधीले प्यूठानका यूवालाई कुटेका छन् । मदाने गाउँपालिका ६ गुल्मीका वडा सदस्य चक्र बहादुर जिसीले झिमरुक गाउँपालिका १ सौतामारेका १८ वर्षिय विष्णु जिसीलाई कूर्सी प्रहार गरेका हुन् ।

उनको दुवै आँखामा चोट लागेको छ । मदाने गाउँपालिका गुल्मीले सौतामारे (प्यूठान) मा संचालन गरेको हेल्थ डेक्समा जान खोज्दा ती यूवालाई वडा सदस्य जिसीले कुटेको प्रत्यक्षदर्शीले बताएका छन् । उनी १५ दिन अघि भारतबाट घर आएका थिए ।

हेल्थ डेक्समा खटिएका प्रहरीकै अगाडी वडा सदस्य र उनका आफ्न्तले कुटेको स्थानीय यूवा कपिल जिसीले बताए । कुटिरहेको अवस्थामा अर्घाखाँचीबाट खटेका प्रहरीले छुट्याउन खोजेपनि गुल्मीबाट खटेका एक जना प्रहरी मुखदर्शक बनिरहेको प्रत्यक्षदर्शी बताउँछन् ।

कोरोनाको भाइरस फैलिन नदिनका लागि सोमवार विहान झिमरुक गाउँपालिका १ प्यूठानका वडा अध्यक्ष धुर्वराज खनालको पहलमा प्यूठान प्रवेश गर्न रोक लगाउने गरी सौतामारेमा बेरियल राखिएको छ । उक्त बेरियलमा कुटाइ खाएका यूवालाई हेरालुको रुपमा राखिएको थियो । बेरियलदेखि छेउँमै हेल्थ डेक्स संचालन गरिएको छ ।

‘सामान्य विषयमा भनाभन हुँदैमा हात हाल्नु राम्रो भएन’,झिमरुक १ का वडा अध्यक्ष धुर्वराज खनालले भने,‘बौद्धिक लडाई पो गर्ने हो, हातै हाल्नु समस्याको समाधान होइन् ।’ वडा सदस्य चक्र बहादुर जिसीले आफूले हात हालेको स्वीकार गरेका छन् । ‘त्यो भाइले पनि मलाई हात हाल्यो’,उनले भने,‘हेल्थ डेक्समा सवैजना जानुहुँदैन भनेर सम्झाउँन खोज्दा झगडा भएको हो ।’

उनको पुर्कोटदह स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । हेल्थ डेक्समा गुल्मीबाट एक जना मात्र प्रहरी खटेकाले धेरै जनताका अगाडी केही गर्न नसकिने इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरिक्षक पंकज चुँजालीले जानकारी गराए । जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजेन्द्रसिँह खड्काले घटनाबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।

तीन जिल्लाको सिमानामा पर्ने सौतामारेमा पछिल्लो समय झै–झगडाका घटनाहरु बढ्दै जान थालेको स्थानीयबासीको भनाई छ । सिमानामा प्रहरी विट स्थापना गर्न स्थानीबासीले माग राखेपनि अझैसम्म सुनुवाई भएको छैन् ।बुटवल टुडे 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया