Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

आमाको किरिया गर्न बसेकी छोरीको मृ'त्यु

   
601   पटक पढिएको

 ताप्लेजु। आमाको किरिया गर्न बसेकी छोरीको मृ'त्यु भएको छ ।

पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङमा चैतमा निधन भएकी हिमादेवी गौतमको किरिया गर्न आएकी झापा मेचीनगर–१३ सिग्देल गाउँ चारआलीकी डम्वादेवी गौतम न्यौपानेको निधन भएको हो ।न्यौपानेकी बुहारी कविता पौडेलका अनुसार किरिया गरेकै अवस्थामा बेहोस भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याइएको थियो ।

अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेपछि एम्बुलेन्समा झापाको बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो । बिर्तासिटीले समेत फर्काएपछि घरमा पुर्‍याइएकी उनको मृत्यु भएको हो ।

अस्पतालले उनको मुटुमा समस्या रहेको बताएको थियो । हिमादेवीको चैत १९ गते ८१ वर्षको उमेरमा निधन भएको थियो । त्यसको ६ दिनपछि छोरीको पनि मृत्यु भएको हो ।श्रोत कान्तिपूर

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया