Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो, २४ घण्टामै ७ हजार ३४१ जनाको मृत्यु

   
329   पटक पढिएको

काठमाडौं- विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनको संख्या ८२ हजार नाघेको छ ।

कोरोना संक्रमणबाट आज (बुधबार) बिहानसम्म ८२ हजार ७४ जनाले ज्यान गुमाएका छन् । एक लाख ४२ हजार ७८६ जना कोरोना संक्रमित उपचार गराइरहेका छन् भने ४७ हजार ९१२ जनाको अवस्था गम्भीर रहेको छ । बाँकीको अवस्था सामान्य रहेको छ ।

इटलीमा सबैभन्दा धेरै १७ हजार १२७ जनाको मृत्यु भइसकेको छ भने स्पेनमा १४ हजार ४५ तथा अमेरिकामा १२ हजार ८१३ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै फ्रान्समा १० हजार ३२८ को कोरोनाका कारण मृत्यु भइसकेको छ । नेपालमा भने अहिलेसम्म कोरोनाका कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा ७ हजार ३४१ जनाको मृत्यु भएको छ ।

(अघिल्लो २४ घण्टामा ५ हजार २२० जनाको मृत्यु भएको थियो ।) सबैभन्दा धेरै गत २४ घण्टामा अमेरिकामा १ हजार ९४२ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने फ्रान्समा १ हजार ४१७ जनाको ज्यान गएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ७०४, इटलीमा ६०४ जनाको मृत्यु भएको छ ।

बेलाययतमा ७८६ जनाको गत २० घण्टामा ज्यान गएको छ । यस्तै गत २४ घण्टामा ८० हजार ५७३ जना नयाँ संक्रमित थपिएका छन् । (अघिल्लो २४ घण्टामा ७२ हजार ८२५ कोरोनाका नयाँ संक्रमित थपिएका थिए ।) सबैभन्दा धेरै अमेरिकामा २९ हजार ४१२, फ्रान्समा ११ हजार ५९, स्पेनमा ५ हजार २६७ तथा इटलीमा ३ हजार ३९ जना नयाँ संक्रमित भेटिएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया