Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

जनगायक जीवन शर्माले ल्याए "लौ आयो ताजा खबर " (भिडियो सहित )

   
519   पटक पढिएको

हरि कुँवर,सन्धिखर्क।
चैत्र ,२६ अर्घाखाँचीबुलेटिन -कोभिड–१९ को सङ्क्रमण ले विश्व लाई आतंकित बनाइ रहेको बेला जीवन शर्माले "लौ आयो ताजा खबर " गीत सार्वजनिक गरेका छन ।

जीवन शर्मा जनगायक भनेर चिनिन्छन् । उनको जन्म २०१६ चैत २६ गते बाग्लुङमा भएको थियो । जीवन शर्मा दर्शन र राजनीतिशास्त्रमा स्नातक अङ्ग्रेजी र मानवशास्त्रमा डबल एम.ए गरेर पनि सर्वहारा बनेका गायक हुन् । जनगायक जीवन शर्माले महामारीको चपेटामा समस्त विश्व लपेटिएको बेला चुपचाप बस्न सकेन्न ।

आफ्नो कलाले संसार लाई हसाउने प्रयास गरिरहेका छन । उनले सारा मानव समुदायमा उत्साह र मनोबल उठाउने अभिप्रायले तयार गरिएको "लौ आयो ताजा खबर" गीत आफ्नो भिडियो युटुव मार्फत सार्वजनिक गरेका हुन । उक्त गीतमा स्वर संगीत तथा रचना जीवन शर्मा आफै ले भरेका छन ।

जनगायक शर्माले नै रक्तिमको स्थापना गरेका थिए । जनवादी गीत, नृत्य, नाटक प्रस्तुत पनि गर्ने गर्छ । जनवादी गायक भनेर चिनिने जीवन शर्माले सयौँ गीत गायका छन् । चर्चामा आएका जस्तै - सिमली छायामा , छेकेर छेकिदैन , चाहिदैन मलाई सिसाको महल जस्ता धेरै गीत अझै पनि गाउँघर मा गुन्जिएका पाइन्छन।

भिडियो हेर्नुस् :-

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया