Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कोरोना संक्रमणबाट लन्डनमा एक भुतपुर्व ब्रिटिश शैनिकको मृ'त्यु

   
356   पटक पढिएको

शिब भण्डारी,लन्डन । कोरोना भाइरसबाट अहिले विश्व अत्यन्तै दुखको घडीमा गुज्रिरहेको छ ।

यो भाइरस लाग्ने सबैको मृत्यु हुन्छ भन्ने भ्रममा नपरौं किनकी धेरै जनालाई पोजेटिभ भएपनी निको भएका अनेकौं खुशीका खबरहरु आएका छन्। तर बिडम्बना अनि एक दुखद खबर । तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेत प्रसाद गुरुङको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट निधन भएको छ ।

५९ वर्षीय समाजसेवी गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार सांझ निधन भएको तमु धीं लन्डन इकाईका पूर्व अध्यक्ष दिपक (डेविड) गुरुङले जानकारी दिए। नेपाल पर्वत स्थायी घर भई लामो समय देखि श्रीमतीका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका पूर्व गोरखा सैनिक- 21163241 Ex GTR चेत बहादुर गुरुङ १४ दिन देखि रोगबाट थलिएका थिए ।

गुरुङको निधनप्रति तमुधि लन्डन इकाइले गहिरो शोक व्यक्त गरेको छ । गुरुङको असामयिक निधनबाट हामी स्तब्ध भएका छौं।  श्रोत लन्डननेपाल न्युज

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया