Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कोभिड १९ को कहर ः रिपोर्टिङ्गमा खटिने पत्रकारका लागि विमाको माग

   
326   पटक पढिएको

श्यामलाल पोख्रेल, अध्यक्ष प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देही

चैत्र २७, बुटवल


प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले कोभिड १९ को रिपोर्टिङ्गमा खटिने पत्रकारका लागि स्वास्थय जोखिम विमाको माग गरेको छ ।


संघका रुपन्देही अध्यक्ष श्यामलाल पोखरेलले एक विज्ञप्ती जारी गर्दै आफ्नो स्वास्थयको प्रवाह नगरी रिपोर्टिङ्गमा खटिने पत्रकारका लागि कार्यविधि बनाई उचित विमाको व्यवस्था गर्न माग गरेका हुन् ।
संकटको अवस्थामा समेत रिपार्टटिङ्गमा जाने पत्रकारका लागि मिडिया हाउनसले पिपिए, ग्लोव्स, मास्क जस्ता अतिआवस्यकीय बस्तुहरुको ग्यारेन्टी गर्न समेत माग गरिएको छ । ‘संक्रमणको विषम अवस्थामा आवश्यकता अनुसार जोखिम मोलेर रिपोटिङ्ग गरिरहेका श्रम जीवि पत्रकारहरुका लागि रिपोटिङ्गको बेला आवश्यक पर्ने पिपिए, मास्क, ग्लोवस, सेनिटाइजर लगाएत अत्यावश्यकीय वस्तु सहज रुपमा उपलब्ध गराउन मिडिया हाउसहरुसंग प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देही माग गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।


संघले लाकडाउनका बेलामा बन्द रहेका मिडियाहाउसहरुका पत्रकारहरुलाई तलवी विदामा राख्न समेत अग्रह गरेको छ । ‘लकडाउन बेला पत्रकारहरुले काम गरिरहेको मिडियामा काम नभएको अवस्थामा विदामा बसेका पत्रकारहरुलाई तलवी बिदामा राख्नसमेत संघ आग्रह गर्दछ ।’ भनिएको छ ।
रिपोर्टिङ्गमा खटिने पत्रकारलाई तलव सहित उचित भत्ताको व्यवस्था गर्न समेत संघले माग गरेको छ । विज्ञप्तीमा सरकारले गरेको लकडाउन तथा अन्य निर्देशनहरुलाई पालन गर्न सवैलाई आग्रह समेत गरिएको छ ।


लकडाउनको बेला राहतको लागि उठेको आर्थिक र भौतिक सामाग्रीमा अनियमितता भएको भन्ने विषयमा पत्रकारिताको पेशागत मर्यादा भित्र रहेर सत्यतथ्य समाचार बाहिर ल्याउन पनि संघ पत्रकारहरुलाई अनुरोध गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया