Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

लकडाउनमा गाउँ फर्केकी श्रीमतीले विदेशमा रहेका श्रीमानलाई लेखेको पत्र

   
679   पटक पढिएको

कृष्ण वर्मा

श्रीप्राण भन्दा प्यारा मेरा पूज्यनीय शिरका स्वामीमा सास्टङ्ग दण्डवत साथै मुटु भरी माया र हजारौ हजार चु‘ । । साथै हजुरका श्री ६ श्री पूज्यनीय बुबा आमाका तर्फबाट सदासर्वदा शुख तथा शान्ति र दीर्घायूको कामना तथा आशिर्वाद र हजुरका प्राण भन्दा प्यारा छोराका तर्फबाट सास्टङ्ग दण्डवत र छोरीको तर्फबाट नमस्कार ।

हामी यस पत्र लेख्नको दिन सम्मलाई पशुपतिनाथको कृपा हजुरको आशिर्वादका साथै सरकारले घोषणा गरेको लकडाउनलाई शिरोधार्य गर्दै सन्चै आरामै भएको व्यहोरा अवगत गराँउदछु । हजुरको पनि निका आरामै हुनुहोला भन्ने हाम्रा कुल देवता तथा आराध्य देवता श्री पशुपतिनाथसँग कामना गरि बसेका छौ । आशा छ हजुर पनि निका आरामै हुनुहोला र यस समयको निकै ख्याल गर्दै होसियारी रहन अनुरोध गर्दछु । आजको समयमा पनि यो पत्र पाए पछि हजुरले मलाई पक्कै पनि पागल्नी भन्नु हुने छ ।

तर हजुरले पढ्दै जाँदा जहाँ हाम्रो भिडियो र अडियोमा हुने कुरा भन्दा कमता मजा र आनन्द लिनुहुने छैन भन्ने आशा गरेकी छु । शहरमा छदा हुने हाम्रो भिडियोकल र अडियो कल तथा म्यासेज भै रहेता पनि यहाँ आए पछि आएको कमीमा क्षमा चाहन्छु । मन नभएर भन्दा पनि समय अभाव र प्राविधिको पहुचको कारणले म हजुरलाई कल र म्यासेज गर्न भ्याएकी छैन अन्यथा नमान्नु होला ।

यो संसारभर फैलिरहेको कोरोनाले न त हजुरलाई छोड्यो न हामीलाई । विश्वभरी फैलिएको कोरोना महामारीको कारणले हामी अहिले हजुर हाम्रै घर गाँउमा आएकोकुरा हजुरलाई अवगत नै छ । खासै मलाई यहाँ आउने मन त थिएन तर सबै जना दिनका दिन गाँउ घर आउदा म पनि बाध्यता भएर आएकी हुँ यो कुरा त हजुरलाई नै मनभरी थाहा छ । मलाई यहाँ पठाउन हजुरले के गर्नु भएन त्यो पनि मलाई सबै थाहा छ ।

 

बिहे गर्ने बेलामा शहर बजारमा राख्ने छु भनेर हजुरले गरेको बाचा सम्झद त यो कोरोना सोरोनालाई मारिदिउ झै लाग्यो । न खाने मन लाग्यो न बस्ने मन न त बोल्नै न लाग्यो त त्यही पापी शहरको र रमझमको ।

 

गाँउमा आए देखि १/२ दिन त म हजुरलाई साह्रै सरापे । एक त यस्ता गाँउमा बिहे गरियो नभएर बल्ल बल्ल सेटल हुन थालेको बजारबाट एउटा न एउटा निहुँ पारेर आखिर गाँउमै बसाउने भयो भनेर त्यही कारणले म हजुरसँग बोल्दा पनि झर्केर बोलेकी थिए यसमा म क्षमा चाहन्छु काले पक्कै पनि क्षमा दिनुहुने छौ । बिहे गर्ने बेलामा शहर बजारमा राख्ने छु भनेर हजुरले गरेको बाचा सम्झद त यो कोरोना सोरोनालाई मारिदिउ झै लाग्यो ।

न खाने मन लाग्यो न बस्ने मन न त बोल्नै न लाग्यो त त्यही पापी शहरको र रमझमको । बजारमा एउटा कोठा भित्र एउटा सानो संसारमा रमाएका हामी यहाँ आउदा त कस्तो कस्तो लाग्यो । मलाई त्यो भन्दा बढी चिन्ता त पार्लर जान पाउँदिन कि भन्ने बढी चिन्ता थियो । तर अब म हजुरलाई यो सरकारी कार्यालयले मात्र प्रयोग गर्ने चिठी किन लेख्दै छु भन्ने कुरा यहाँबाट अवगत गराउन चाहन्छु मेरा ख्वामित ।

अहिले गाँउ घर भरिभराउ भएको छ । बजार गएका म जस्तै सबै बालबच्चा लिएर सबै यही तिरस्कृत गाँउ फर्किएका छौ । आउदाको दिन देखि हजुरका छोरा छोरी यति खुशी छन् कि म यहाँ बयान गर्न सक्दैन । सधै निन्नौरो मुख र हमेशा मोबाईल र टि भि मा झुम्मि मलाई दुख दिने हाम्रा छोरा छोरी अहिले मसँग सुत्न मात्र आउछन दिन भरि हजुरबा हजुर आमासँग उनीहरुको दिन बित्ने गरेको छ ।

यो बाजे बज्यै र नाती नातिनीको दिनचर्यले मलाई सबैथोक भुलाएको छ । केही गरेर भुलाउन नसक्ने मेरा छोरा छोरी अहिले केही नचाहिने गरी भुलेका छन् यो घरमा के जाँदु म बुझ्न सकिन भने बुवा आमाले यस्तो समयमा पनि हामीलाई नाति नातिनी ल्याईदिएर स्वर्गलाई घर ल्याईदियौ बुहारी भन्दा आफूलाई पनि स्वर्गकै अनुभूती हुन्छ अझ मेरो राजा यहाँ भैदिएको भए के हुन्थ्यो होला । म पनि अब बुढो बजारमा नजाने सोच बनाएर यो लामो योजना सहितको पत्र कोरी रहेकी छु । हाम्रो गाँउ घर अहिले धेरै विकसित भएको रहेछ ।

यहाँ के सुविधा छैन मोटर बाटो र गाडि पुगेको छ । खानेपानी घर घरमा पुगेको छ बिजुली झकमक्क बोलेको छ । बैंक टोल छिमेकमा छन । हरेक गाँउमा आधुनिक भवन दक्ष शिक्षक भएका विद्यालय । साना तिना भए पनि स्वास्थ्य संस्था छन नभए हजुर जस्ता प्रदेशीले गाँउघर र छर छिमेकीका दुख कष्ट सम्झेर पसिना बगाएर सहयोग गरी खरिद गरेका एम्बुलेन्स २४ घण्टा स्ट्याण्ड बाई छन ।

घर घरमा बाईक र गाडि छन । टेलिफोन, मोबाईल र ईन्टरनेटको सुविधा रहेछ । बिहान बिहानै यहाँबाट सदरमुकाम तथा बुटवल सम्मको लागि बस छुट्दा रहेछन । म त अचम्मै परे गाँउको विकास देखेर । तर अफसोस ति प्रयोग गर्ने यहाँ न त मानिस , न त बाल बच्चा छन न त युवक युवती छन त डाँडा पारीका जुन भएका बुढा बुढीहरु मात्र । यसरी हेर्दा उता हाम्रो फजुल खर्च यता बिना सेवाग्राहीको सरकारको रकमको सर्वस्व । त्यसैले अब हाम्रो कमाईको बचत र सरकारको लगानीको सदुपयोग गर्ने गरी यो पत्र कोरी रहेकी छु ।

अझ म त हजुरलाई अर्को अचम्मको कुरा सुनाउन चाहन्छु हाम्रा छोरा छोरीलाई त्यत्रो महंगो फिस तिरेर शहरका बोर्डिङ्ग स्कूल पढाएको भन्दा त यहाँ गाउँमा सरकारी विद्यालयमा पढेका बाल बच्चाको ज्ञान र सीप देख्दा त हाम्रो पैसा र समय खेर गएको महशुस गरेकी छु । गाँउघरमा किताब होईन समाज र वातावरण पढेका छन । हाम्रा न ईग्लिस जानेका छन न नेपाली न त वातावरण न त मान्छे र आफन्त ।जानेका छन भने त्यही एस नो र थ्याङ्क यू, वेलकम आदी तर गाँउ घरका बच्चा बच्चीको काम ढोग भेट बोली चाली र वातावरणको ज्ञान देख्दा त मलाई पछुतो बाहेक केही लागेको छैन ।

 

मैले यहाँ आए देखि न त मलाई पैसाको आवश्यकता परेको छ न त खान पिनको नै । उहाँ दिनको हजारले नपुग्ने मलाई यहाँ सय मै काम चल्छ । बिहान भात खाए बेलुको आटो र रोटी खाएका छौ । करेसा बारीमा टिपेर हरियो साँग सब्जी खाएका छौ ।

 

हाम्रा छोरा छोरीलाई गोठलाई डेरी भन्छन यो सुन्दा खुशी लागे पनि हाम्रा सन्ततीको वास्तविक ज्ञान त रहेनछ भनेर दुखी भएकी छु । हाम्रा बच्चा बच्ची जत्राले त यहाँ खान पकाउने घरको काम गर्ने मेलापात गर्ने आवश्यक परे जे पनि गर्न सक्ने रहेछन हाम्रालाई भने खुवाउन, चुठाउन, कपडा लगाउन, नुहाईदिन, धुवाईदिन सबै पर्ने । स्वास्थ पनि कति भने जति हिडे पनि न स्वा स्वा छ न फ्वा फ्वा छ तर हाम्रा भने आटीमा जानु पर्यो भने पनि सुस्केरा हाल्न थाल्छन । मै त गाँउ घरमा हुर्केकीलाई बजारले गलाएर खत्तम पारेको रहेछ बल्ल बानी पर्दै छ । अनि बुढा मैले यहाँ आए देखि न त मलाई पैसाको आवश्यकता परेको छ न त खान पिनको नै ।

उहाँ दिनको हजारले नपुग्ने मलाई यहाँ सय मै काम चल्छ । बिहान भात खाए बेलुको आटो र रोटी खाएका छौ । करेसा बारीमा टिपेर हरियो साँग सब्जी खाएका छौ । मन लाए गाँउ घरमै मिलेर खसी बोका ढालेर मासु खाएका छौ । बिहाना दुध महीका साथ सबै जना परिवार बसेर खाएका छौ । यो समयमा म हजुरलाई सार्है मिस गरेकी छु ।

फराकिलो घर जग्गा सफा घर पारिवारिक र सामाजिक सदभाव स्वस्थ र सफा खाना यहाँ भन्दा स्वर्ग के हुन्छ र राजा । बुढा मैले त अब बजार नजाने योजनाका साथ यो चिठी लेखेकी हुँ । हजुरले हाम्रा लागि बिदेशमा गएर गरेको दुख र हामीले यहाँ फजुलमा खर्च गरेको भान बल्ल भएको छ । यो केही वर्ष पहिला भएको भए हाम्रो अबस्था धेरै सुध्रिएको र हाम्रो परिवारको खुशी कति धेरै मल्टिप्लाई हुँदो हो पछुतो लागेको छ । यहाँ आए देखि सासु ससुराको खुशी देखेर त म झन प्रफुल्लित भएकी छु ।

शहरमा ओल्लो पल्लो कोठामा बस्ने मान्छे पनि बोल्दैन थे यहाँ त सबै जनाले बोलाउने सुख दुख सोध्ने । गार्हो सार्हो हेर्ने गर्ने रहेछन । मलाई त यो लाग्यो कि यहाँ त बिना पैसा पनि बाच्न सकिन्छ तर बजारमा त बिना पैसा बिहना खाए बेलुकी खान दुख पाएको थाहा छ । हजुर हाम्रा सुखका लागि बाध्यताले बिदेश जानु भयो हामी सबैको लहलहैमा बजार पस्यौ यहाँ बुढा बुढी बा आमा र खेत बारीले दुख पाएका रहेछन ।

अब म हजुर बाट यो आज्ञा चाहन्छु कि बजार होईन गाँउ घर बस्ने हो । यही बाझिएका पाखा पखेरालाई उर्बरा बनाउने हो । बुढा भएका बा आमाका आखामा आशा र भरोसा साथ स्वास्थ र खुशी बनाउनु छ । सन्ततीलाई किताब होईन दर्शन र समाज पढाउने हो । प्राकृतिले हामीलाई समय समयमा चेतना दिदै आएको छ । उहिले हाम्रा बा बाजेले न त जागिर गरे न त व्यवसाय नै तर त्यही पाखा बारी र खेतले पुगेकै थियो तर आजकाल कोही नोकरी गरेका छन कोही व्यवसाय गरेका छन तर पनि किन खान लाउन पुगेको छैन किनकी हामीले खेती पाती नगर्ने खाली जागिर र बिदेशको भर गरेर हो ।

हामी बजार बस्नु धन पैसा कमाउनेको लहलहैमा लागेर बजार पाल्न हो नकि हामी पालिन । अबसर खोज्ने हो भने त यहाँ गाँउमा कति हो कति । बजारमा बसेर राम्रो खाने राम्रो लाउने आफ्ना खेत बारी गाई भैसी थारो राख्ने अनि राम्रो र अर्गानिक खान खोजेर हामी बिग्रेका रहेछौ भन्ने बल्ल मेरो चेत खुल्यो । हजुर १।२ वर्ष बिदेश बसेर केही पैसा कमाएर बाल बच्चा उच्च शिक्षाको लागि बाहिर वा शहरमा जालन तर हामी काखे बच्चा बोकेर बजार जाने संस्कृतिको अन्त्य गर्नु पर्छ अन्त्य गर्न आफैबाट शुरु गर्नु पर्छ त्यो शुरु मैले गर्ने बिचार गरेकी छु हजुरको बिचार के छ आज्ञा होओस ।

 

मैले पनि घरमा काममा सघाउदै सानो तिनो व्यपार व्यवसाय गर्छु नभए १/२ वटा भैसी र बाख्रा थपे पनि हामीले यहाँ घर खर्च चलाउने पैसा कमाउन सकिन रहेछ । हजुरले कमाएर त्यहाँ हामीले बजारमा गर्ने खर्च मात्रै बचत गर्यौ भने कुनै गार्हो छैन ।

 

प्रिय बुढा रात पनि छिप्पिएछ चिठी पनि लामो भएछ अरु कुरा फोनमा पनि गर्दै गरौला अब म यही बस्ने हो । भगवानसँग कामना गरौं यो कोरोना छिट्टै नियन्त्रणमा आयोस । शैक्षिक सत्र पनि शुरु हुदै छ म बाल बच्चाहरुलाई यहीकै विद्यालयमा भर्ना गरि दिन्छु । मैले पनि घरमा काममा सघाउदै सानो तिनो व्यपार व्यवसाय गर्छु नभए १/२ वटा भैसी र बाख्रा थपे पनि हामीले यहाँ घर खर्च चलाउने पैसा कमाउन सकिन रहेछ । हजुरले कमाएर त्यहाँ हामीले बजारमा गर्ने खर्च मात्रै बचत गर्यौ भने कुनै गार्हो छैन । फेरी चलि आएको चलन र हजुर पनि देश विदेशमा बसेको भएर स्वास्नीले छोरा छोरी बिगार्ने भई भन्ने न सोच्नुहोला बरु बजारमा गए बिगर्ने संभावना धेरै छ ।

यो त फेसन पो भएको रहेछ बजार बस्ने यहाँ अहिले समस्या परेको बेलामा गाँउ भरिभराउ भएको छ, बुढा भएका बा आमाको आखामा खुशी देखिएको छ । तपाई हामी जस्ता युवा र जोश जागर भएकाले गाँउ घर छोडेर जाने हो भने गाँउ अझ पिछाडिने प्रबल सम्भावना छ । यहाँ भएका सेवा सुविधा खेत बरी जग्गा जमीन र समाजलाई उर्बरा बनाउने जिम्मेवारी हाम्रो काधमा छ न कि बिदेश र शहरमा बसेर देश खाए लुटे भन्दै आलोचना गर्ने ।

 

हजुरले रात दिन दुख गरेर कमाएको पैसाको सहि सदुपयोग गर्ने छु । गाँउको घर छोडेर पैसा तिरेर बजारमा कोठामा बस्न जाने छैन । घरको ताजा तरकारी फालेर बजारको बिषादीयुक्त तरकारी किनेर खाने छैन ।

 

हामी अब प्राकृतिकसँग मिल्नु पर्छ न कि आधुनिकताको नाममा कृत्रिम सेवा र सुविधासँग । खुशी त त्यहाँ छ जहाँ परिवारमा खुशी छ । तपाई त्यहाँ बिदेशमा, हामी बजारमा, यहाँ बृद्ध बुवा आमा यसरी खुशी हुन सकिदैन । हाम्रो यहाँ रोपनी का रोपनी जग्गा छ हजुरले कमाए पनि हामीले बजारमा किन्ने भनेको एउटा घडेरी र सके बनाउने एउटा चारकोठे घर न हो तर त्यही पैसालाई हामीले यहाँ सदुपयोग गर्यौ भने हाम्रो यहाँ घर होईन दरबार खडा हुन्छ दरबार ।

त्यसैले हजुरले अब आईन्दा बजार बस्ने भनेर न भन्नुहोला म अब बजार हैन गाँउलाई बजार बनाउने सुरमा छु । हजुरले रात दिन दुख गरेर कमाएको पैसाको सहि सदुपयोग गर्ने छु । गाँउको घर छोडेर पैसा तिरेर बजारमा कोठामा बस्न जाने छैन । घरको ताजा तरकारी फालेर बजारको बिषादीयुक्त तरकारी किनेर खाने छैन । घरको दुध महि र घ्यू खुवाएर बाल बच्चालाई स्वस्थ्य र तन्दुरस्त बनाउने छु ।

सन्तान भएर पनि बेसहारा बनेका बुवा आमाका आखामा खुशि ल्याउने छु । यहाँका उर्बरा जमीनमा मति फुलाउने छु । सामाजिक सदभाव र सहकारीताबाट गाँउलाई समुन्नत बनाउने तर्फ सबै हजुर हामी जस्ता युवा पुस्तालाई सामाजिक सचेतना फैलाउने छु । हस्त बुढा लेख्दै जाँदा धेरै लेखिए छ हुन त गन्थन अझै पनि सकिएका छैनन् । अर्को पत्रमा भेट गर्ने बाचा सहित यो पत्रलाई यही बिट मार्ने अनुमति चाहन्छु ।

उही हजुरकी अर्धाङ्गिनी ।

आज्ञा कुमारी हजुरको जन्मघर ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया